सप्तरीमा २०१ जना एचआइभीबाट संक्रमित

सप्तरी । सप्तरीमा २०१ जना एचआइभीबाट संक्रमित रहेको पाइएको छ। जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्यांकअनुसार संक्रमितमध्ये १०६ पुरुष, ८४ महिला र १० बालबालिका रहेका छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरूले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले जानकारी दिए।

उनले भनिन्, ‘अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका रहेका छन्। विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट संक्रमित थिए। पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट संक्रमितको बढेको तथ्यांक छ।’

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ। ‘कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट संक्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ’, उनले भनिन्।

एचआइभीबाट संक्रमित नियमित रूपमा उपचार गर्न नआए उनीहरूको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ। २०५२ सालदेखि एचआइभीबाट संक्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

↑