कञ्चनपुरमा निःशुल्क आँखा शिविर, ४०३ जनाले लिए उपचार सेवा
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित रामटोलमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ४०३ जना सर्वसाधारणले उपचार सेवा लिएका छन् ।
लायन्स क्लब अफ महाकाली इन्जिनियर्सले महेन्द्रनगर आँखा अस्पतालको सहयोगमा सञ्चालन गरेको शिविरमा स्थानीयको आँखा परीक्षण तथा उपचार गरिएको हो ।
शिविरमा आँखा जाँच गराएका मध्ये ४४ जनामा मोतिबिन्दुको समस्या पहिचान भएको महेन्द्रनगर आँखा अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले बताए । शिविरबाट १६५ जनालाई निःशुल्क चस्मासमेत वितरण गरिएको छ ।
आँखा अस्पतालसम्म पहुँच नभएका बस्तीमा पुगेर हरेक वर्ष निःशुल्क जाँच शिविर सञ्चालन गर्दै आएको धामीले बताए । शिविरमा मोतिबिन्दु तथा आँखामा मासु पलाएका बिरामीसमेत भेटिएको उनले बताए ।
सामान्य आँखासम्बन्धी समस्या भएका बिरामीलाई शिविरमै उपचार गरिएको तथा शल्यक्रिया आवश्यक पर्ने बिरामीलाई थप उपचारका लागि महेन्द्रनगर आँखा अस्पताल पठाइएको उनले बताए ।
विकट तथा स्वास्थ्य सेवाको पहुँच कम भएका बस्तीमा सञ्चालन गरिने यस्ता शिविरबाट स्थानीयले सहज रूपमा आँखा परीक्षण, उपचार तथा आवश्यक परामर्श सेवा प्राप्त गर्दै आएका छन् ।
भर्खरै
मधुमेह भएका व्यक्तिले नियमित आँखा परीक्षण गराए दृष्टि गुम्ने जोखिम घटाउन सकिने
वायु प्रदूषण नियन्त्रण गर्न काठमाडौं महानगरले ल्याउँदै २७ रणनीतिक कार्यक्रम
कञ्चनपुरमा निःशुल्क आँखा शिविर, ४०३ जनाले लिए उपचार सेवा
सगरमाथा क्षेत्रमा चिसो बढेसँगै पर्यटक फर्किने क्रम तीव्र, एक सातामा १ हजार १८० बाहिरिए
सहारा नेपालको ‘जीवन वरदान’ कार्यक्रमबाट दुई वर्षमा पाँच हजारभन्दा बढी लाभान्वित
आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने
आधारभूत स्वास्थ्य सेवा प्याकेज पुनरावलोकन गरिने, प्रमाणमा आधारित निर्णयमा मन्त्री मेहताको जोड
धेरै पढिएको
एन्टिबायोटिक दुरुपयोग रोक्न अन्तर्राष्ट्रिय बहस, तेस्रो आईएसआईयुएम सम्मेलन भोलिदेखि
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह
चाडपर्वको बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप, ओपिडीमा एकैदिन ३ हजार ३००
बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी
स्वास्थ्य तथा शिक्षा क्षेत्रको सर्वाधिक करदाता बन्यो नोबेल मेडिकल कलेज
तराईमा हुस्सु–कुहिरो, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने
जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार




प्रतिकृया दिनुहोस