स्वास्थ्य तथा शिक्षा क्षेत्रको सर्वाधिक करदाता बन्यो नोबेल मेडिकल कलेज
विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा देशभरका स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था बनेको छ।
स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको नोबेलले सर्वाधिक आयकर दाखिला गरेबापत नेपाल सरकारबाट सम्मान प्राप्त गरेको हो। यससँगै नोबेलले स्वास्थ्य तथा शिक्षा क्षेत्रतर्फ उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको यो सातौँ पटक हो।
नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ का अवसरमा नोबेललाई सम्मानपत्र प्रदान गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नोबेल मेडिकल कलेजकी बोर्ड सल्लाहकार सोइना शर्मालाई सम्मानपत्र हस्तान्तरण गरे।
सम्मानपत्रमा आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार नोबेलले स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको उल्लेख छ।
सम्मानपत्रमा अर्थमन्त्री वाग्लेसँगै अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालको हस्ताक्षर रहेको छ। सम्मानपत्रमार्फत संस्थालाई बधाई दिँदै भविष्यमा अन्य करदाताका लागि प्रेरणाको स्रोत बन्ने गरी थप योगदान पुर्याउने अपेक्षासमेत गरिएको छ।
स्वास्थ्य तथा शिक्षा क्षेत्रका संस्थामध्ये सर्वाधिक आयकर दाखिला गर्ने संस्थाका रूपमा नोबेलले पटकपटक सरकारी सम्मान प्राप्त गर्दै आएको छ। निजी क्षेत्रबाट सञ्चालित यस संस्थाले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामार्फत राज्यको राजस्वमा पुर्याउँदै आएको योगदानलाई यस सम्मानले थप पुष्टि गरेको छ।
सन् २००४ मा स्थापना भएको नोबेल मेडिकल कलेज काठमाडौं विश्वविद्यालयसँग सम्बन्धन प्राप्त संस्था हो। विराटनगरमा सञ्चालित यस कलेजले चिकित्सा तथा प्यारामेडिकल विषयमा अध्यापन गराउँदै आएको छ। यसले पूर्वी नेपाल तथा भारतको सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।
नोबेल मेडिकल कलेजको स्थापना र विस्तारसँग जोडिएको प्रमुख नाम डा. सुनील शर्मा हुन्। चिकित्सा शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा निजी लगानी विस्तार गर्दै आएका शर्माले नोबेललाई चिकित्सा शिक्षा तथा अस्पताल सेवाको क्षेत्रमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनकै लगानीमा काठमाडौंको सिनामंगल तथा भक्तपुरको दुवाकोटमा काठमाडौं मेडिकल कलेजसमेत सञ्चालनमा छन्।
चिकित्सा शिक्षा व्यवसायसँगै सार्वजनिक जीवनमा सक्रिय शर्मा नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति हुन्। उनले गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य उपचार तथा शैक्षिक सहयोगका कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन्।
भर्खरै
स्वास्थ्य तथा शिक्षा क्षेत्रको सर्वाधिक करदाता बन्यो नोबेल मेडिकल कलेज
बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी
करिब २० हजार कुखुरामा छाप लगाई मासु जाँच ऐन कार्यान्वयन सुरु
काठमाडौंमा बढ्दै वायु प्रदूषण, दम र निमोनियाका बिरामीलाई बढी जोखिम
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
मङ्सिर १० देखि आईपीओ निष्काशन गर्दै कान्तिपुर फर्मासुटिकल्स ल्याब
माङसेबुङमा निःशुल्क आँखा परीक्षण शिविर सुरु, डा. सन्दुक रुइतले मोतिबिन्दुको शल्यक्रिया गर्ने
धेरै पढिएको
व्यायामका लागि छुट्टै समय चाहिँदैन, दैनिक गतिविधिले नै जोगाउँछ मुटु
भिमफेदी दुर्घट्ना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो
मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
आज विश्व निमोनिया दिवस, बालबालिकाको मृत्युको प्रमुख कारणमध्ये एक निमोनिया
कङ्गोमा इबोला सङ्क्रमित ११ हजार नाघे, पाँच हजारभन्दा बढीको मृत्यु
आजको मौसम: चार प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
सुनसरीमा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते



.png)
प्रतिकृया दिनुहोस