मङ्सिर १० देखि आईपीओ निष्काशन गर्दै कान्तिपुर फर्मासुटिकल्स ल्याब
काठमाडौँ । पशु औषधि तथा पशु आहार पूरक उत्पादन गर्दै आएको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणमा सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आगामी मंसिर १० गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा कुल ८ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। जसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ८ लाख कित्ता र श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९० हजार कित्ता सेयर छुट्याइएको छ।
आयोजना प्रभाविततर्फ काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। उनीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। यस समूहका लागि आवेदन दिने प्रारम्भिक म्याद मंसिर २४ गतेसम्म तोकिएको छ। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको ९० हजार कित्ता सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यस समूहका आवेदकले मंसिर १५ गतेसम्म आवेदन दिनुपर्नेछ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत कात्तिक १९ गते आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डबाट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १७ लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको छ। यसअनुसार कम्पनीले आईपीओमार्फत १७ करोड रुपैयाँ बराबरको पूँजी जुटाउनेछ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।
कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड पशु स्वास्थ्यसँग सम्बन्धित औषधि तथा पशु आहार पूरक उत्पादन गर्ने नेपाली कम्पनी हो। कम्पनीले भेटेरिनरी औषधि र पशु आहार पूरक उत्पादन क्षेत्रमा काम गर्दै आएको छ।
नेपालमा पशुपालन तथा कृषि व्यवसायसँग जोडिएको यस क्षेत्रमा कम्पनीको उपस्थिति रहेको छ। आईपीओ निष्कासनसँगै कम्पनीले सर्वसाधारणबाट पूँजी जुटाउने प्रक्रिया अघि बढाएको छ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्कासन गरेपछि बाँकी सेयरको निष्कासन प्रक्रिया अघि बढ्नेछ।
भर्खरै
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा.अधिकारी
तनहुँको व्यासमा आँखा उपचार केन्द्र सञ्चालन, अब स्थानीयस्तरमै सेवा
स्वास्थ्य तथा शिक्षा क्षेत्रको सर्वाधिक करदाता बन्यो नोबेल मेडिकल कलेज
बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी
करिब २० हजार कुखुरामा छाप लगाई मासु जाँच ऐन कार्यान्वयन सुरु
काठमाडौंमा बढ्दै वायु प्रदूषण, दम र निमोनियाका बिरामीलाई बढी जोखिम
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
धेरै पढिएको
व्यायामका लागि छुट्टै समय चाहिँदैन, दैनिक गतिविधिले नै जोगाउँछ मुटु
भिमफेदी दुर्घट्ना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो
मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
आज विश्व निमोनिया दिवस, बालबालिकाको मृत्युको प्रमुख कारणमध्ये एक निमोनिया
कङ्गोमा इबोला सङ्क्रमित ११ हजार नाघे, पाँच हजारभन्दा बढीको मृत्यु
आजको मौसम: चार प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
सुनसरीमा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते




प्रतिकृया दिनुहोस