पाँचथरमा निःशुल्क आँखा शिविरबाट १ हजार ४२२ जना लाभान्वित
पाँचथर । फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा पाँचथर जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित भएका छन्।
बिहीबार सम्पन्न तीनदिने शिविरमा १०३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ। त्यस्तै, ५५८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने अन्य बिरामीलाई आवश्यकताअनुसार औषधि उपलब्ध गराइएको छ।
फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले पाँचथरसहित पूर्वी पहाडी जिल्लामा आँखाको उपचारका लागि सुविधायुक्त अस्पतालको अभाव रहेकाले स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए।
शिविरमा नेत्र विशेषज्ञसहित १८ जनाको स्वास्थ्यकर्मी टोलीले सेवा प्रदान गरेको थियो। शिविरमार्फत आँखासम्बन्धी समस्या भएका नागरिकलाई स्थानीयस्तरमै परीक्षण, उपचार तथा शल्यक्रियाको सुविधा उपलब्ध गराइएको आयोजकले जनाएको छ।
भर्खरै
पाँचथरमा निःशुल्क आँखा शिविरबाट १ हजार ४२२ जना लाभान्वित
जर्मन सहयोगमा बनेको स्वास्थ्यचौकी भवन हस्तान्तरण
अस्पतालका शौचालय र नुहाउने ठाउँमा ८७१ महिलाको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ
आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
वीर अस्पतालका नयाँ र पुरानो भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै
धुलिखेल अस्पतालमा नबिल बैंकको ‘नबिल बर्न केयर वार्ड’ स्थापना, बिरामीको पहुँच सहज बनाउने अपेक्षा
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला
धेरै पढिएको
आधारभूत स्वास्थ्य सेवा प्याकेज पुनरावलोकन गरिने, प्रमाणमा आधारित निर्णयमा मन्त्री मेहताको जोड
मधुमेह भएका व्यक्तिले नियमित आँखा परीक्षण गराए दृष्टि गुम्ने जोखिम घटाउन सकिने
जथाभावी एन्टिबायोटिक प्रयोगले बढाउँदैछ जनस्वास्थ्य जोखिम, चिकित्सकको सल्लाहबिना औषधि नखान आग्रह
पनौती नगर अस्पतालको सेवा विस्तार र व्यवस्थापन सुधारमा मुख्यमन्त्रीको जोड
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी
सगरमाथा क्षेत्रमा चिसो बढेसँगै पर्यटक फर्किने क्रम तीव्र, एक सातामा १ हजार १८० बाहिरिए
आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने




प्रतिकृया दिनुहोस