अस्पतालका शौचालय र नुहाउने ठाउँमा ८७१ महिलाको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ
अस्पतालभित्र कार्यरत सहकर्मी महिलाहरूको शौचालय तथा नुहाउने स्थानमा गोप्य रूपमा भिडियो खिचेको आरोपमा एक कनिष्ठ चिकित्सक रयान चो पक्राउ परेका छन् ।
सन् २०२४ देखि २०२५ सम्मको अवधिमा उनले ८७१ जना महिलाको गोप्य भिडियो खिचेको बताइएको छ । घटनामा अस्पतालमा कार्यरत महिला सहकर्मीहरू प्रभावित भएको जनाइएको छ ।
चोले मेलबर्नका तीन ठूला अस्पतालमा काम गर्ने महिला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई लक्षित गरेका थिए । उनले मोबाइल फोनलाई जालीको झोलाभित्र लुकाएर शौचालय तथा नुहाउने स्थानमा राखी गोप्य रूपमा भिडियो रेकर्ड गर्ने गरेको अदालतमा सुनाइएको छ ।
चोले मेलबर्नका तीन ठूला अस्पतालमा काम गर्ने महिला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई लक्षित गरेका थिए । उनले मोबाइल फोनलाई जालीको झोलाभित्र लुकाएर शौचालय तथा नुहाउने स्थानमा राखी गोप्य रूपमा भिडियो रेकर्ड गर्ने गरेको अदालतमा सुनाइएको छ ।
अदालतमा प्रस्तुत विवरणअनुसार, चोले ८७१ महिलासहित कुल ८७४ जनाको गोप्य भिडियो खिचेको स्वीकार गरेका छन् । प्रहरीले उनको उपकरणबाट करिब ३ हजार भिडियो फेला पारेको थियो । दुई बालिकाको भिडियोसमेत फेला परेको अदालतमा बताइएको छ ।
यस घटनाबाट प्रभावित महिलाहरूले अदालतमा आफ्नो पीडा, मानसिक तनाव र कार्यस्थलमा सुरक्षित महसुस गर्न नसकेको अनुभव सुनाएका छन् ।
चोले गोप्य भिडियो खिच्ने तथा अन्य सम्बन्धित कसुरमा दोषी स्वीकार गरिसकेका छन् । नोभेम्बर २६, बिहीबार मेलबर्नको अदालतमा सजायपूर्वको सुनुवाइ सकिएपछि उनलाई हिरासतमा पठाइएको हो ।
उनलाई सन् २०२७ फेब्रुअरी १२ मा सजाय सुनाउने तयारी गरिएको छ ।
भर्खरै
जर्मन सहयोगमा बनेको स्वास्थ्यचौकी भवन हस्तान्तरण
अस्पतालका शौचालय र नुहाउने ठाउँमा ८७१ महिलाको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ
आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
वीर अस्पतालका नयाँ र पुरानो भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै
धुलिखेल अस्पतालमा नबिल बैंकको ‘नबिल बर्न केयर वार्ड’ स्थापना, बिरामीको पहुँच सहज बनाउने अपेक्षा
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला
स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
धेरै पढिएको
आधारभूत स्वास्थ्य सेवा प्याकेज पुनरावलोकन गरिने, प्रमाणमा आधारित निर्णयमा मन्त्री मेहताको जोड
मधुमेह भएका व्यक्तिले नियमित आँखा परीक्षण गराए दृष्टि गुम्ने जोखिम घटाउन सकिने
जथाभावी एन्टिबायोटिक प्रयोगले बढाउँदैछ जनस्वास्थ्य जोखिम, चिकित्सकको सल्लाहबिना औषधि नखान आग्रह
पनौती नगर अस्पतालको सेवा विस्तार र व्यवस्थापन सुधारमा मुख्यमन्त्रीको जोड
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी
सगरमाथा क्षेत्रमा चिसो बढेसँगै पर्यटक फर्किने क्रम तीव्र, एक सातामा १ हजार १८० बाहिरिए
आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने




प्रतिकृया दिनुहोस