नेपाली सेनाद्वारा निस्शुल्क स्वास्थ्य शिविर
सङ्खुवासभा। आजको एकादशी मेलामा सेनाले निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामनास्थित खाँदबारी नगरपालिका–९ सङ्खुवासभामा उक्त शिविर सञ्चालन भएको हो । शिविरमा ५०० व्यक्तिले निस्शुल्क स्वास्थ्य परीक्षण गराउनुभएको थियो ।
शिविर नेपाली सेनाको इन्द्र दल गुल्मको आयोजना तथा नं २ बाहिनी अड्डाअन्तर्गतको नं २ फिल्ड एम्बुलेन्स हिलेको सहकार्यमा मङ्सिर ३ र ४ गते भएको हो ।नेपाली सेना र नागरिकबीच पारस्परिक सम्बन्ध बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको सेनानी सञ्जय सिलवालले जानकारी दिनुभयो । शिविरमा जनरल ओपिडी, स्वास्थ्य परीक्षण र निस्शुल्क औषधि वितरण गरिएको थियो ।
शिविरलाई प्रभावकारी बनाउन खाँदबारी नगरपालिका, जिल्ला अस्पताल खाँदबारी, नेपाल रेडक्रस सोसाइटी स्थानीय सरोकारवाला निकायसँग समन्वय सहकार्य गरेको थियो । स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिएको नेपालीसेनाले जनाएको छ । पूर्वको चर्चित प्रसिद्ध धार्मिकस्थल मनकामना धाममा हरेका वर्ष हरिबोधनी एकादशीको अघिल्लो दिन मेलालाग्ने गरेको छ ।
सेनाको स्वास्थ्योपचार सेवा पाएपछि स्थानीयले खुसीव्यक्त गरेका छन् । मनकामना परिसरमा स्वास्थ्य शिविर आयोजनाले ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई सहज भएको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताउनुभयो ।
हरिबोधनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान र झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमलगायतका जिल्लाबाट मेलाभर्न आउने गरेका छन् ।
भर्खरै
नेपाली सेनाद्वारा निस्शुल्क स्वास्थ्य शिविर
रोग लाग्नै नदिने स्वस्थ वातावरण निर्माण आवश्यक : स्वास्थ्यमन्त्री मेहता
धादिङको रुबीभ्यालीमा जिप दुर्घटना, घाइतेको हेलिकप्टरमार्फत उद्धार
सुत्नुअघि यी खानेकुरा खाँदा निद्रामा हुन सक्छ सुधार!
लुम्बिनीका १० जिल्ला कुष्ठरोगको उच्च जोखिममा, बालबालिकामा समेत सङ्क्रमण
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो
स्वास्थ्यकर्मी नहुँदा सङ्खुवासभा कारागारका कैदीबन्दी उपचारबाट प्रभावित
धेरै पढिएको
स्वास्थ्य व्यवसायीको दर्ता र नवीकरण अब अनलाइनबाटै, प्रमाणपत्रमा क्यूआर कोड राखिने
डिमेन्शा रोकथाम र पहिचानका लागि यूकेमा दुई करोड पाउन्डको एआई अनुसन्धान केन्द्र स्थापना गरिँदै
पाकिस्तानमा पोलियो उन्मुलन अभियान चुनौतीपूर्ण बन्दै
आजको मौसम : चार प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन डा. तोसिमा कार्की मनिला जाँदै
बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी
स्वास्थ्य तथा शिक्षा क्षेत्रको सर्वाधिक करदाता बन्यो नोबेल मेडिकल कलेज




प्रतिकृया दिनुहोस