धादिङको रुबीभ्यालीमा जिप दुर्घटना, घाइतेको हेलिकप्टरमार्फत उद्धार
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ बोराङ कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
गएराति करिब २ बजे बतासे फेदीबाट बोराङतर्फ उकालो चढ्दै गरेको बा।प्र। ०२०३३ च ७१६९ नम्बरको बोलेरो अनियन्त्रित भई करिब चार सय मिटर तल खसेको हो। दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए ।
प्रहरी नायब उपरीक्षक दाहालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका रुबीभ्याली–४ बोराङका ३५ वर्षीया कान्छीमाया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, ३३ वर्षीया मिजोङ तामाङ र ४० वर्षीय चेरोङ तामाङ तथा बोलेरो चालक खनियाँबास गाउँपालिका–१ का ४० वर्षीय डम्बर तामाङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका–११ का २५ वर्षीय ललित बोम्जन, १४ वर्षीय कमल घले र २० वर्षीय बिमल तामाङलाई धादिङ अस्पताल ल्याइँदै गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।
बतासे दोभानमा एकादशी मेलाको पूजा गरेर लापातर्फ फर्किने क्रममा दुर्घटना भएको हो। सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि धादिङ अस्पताल ल्याइँदैछ ।
भर्खरै
नेपाली सेनाद्वारा निस्शुल्क स्वास्थ्य शिविर
रोग लाग्नै नदिने स्वस्थ वातावरण निर्माण आवश्यक : स्वास्थ्यमन्त्री मेहता
धादिङको रुबीभ्यालीमा जिप दुर्घटना, घाइतेको हेलिकप्टरमार्फत उद्धार
सुत्नुअघि यी खानेकुरा खाँदा निद्रामा हुन सक्छ सुधार!
लुम्बिनीका १० जिल्ला कुष्ठरोगको उच्च जोखिममा, बालबालिकामा समेत सङ्क्रमण
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो
स्वास्थ्यकर्मी नहुँदा सङ्खुवासभा कारागारका कैदीबन्दी उपचारबाट प्रभावित
धेरै पढिएको
स्वास्थ्य व्यवसायीको दर्ता र नवीकरण अब अनलाइनबाटै, प्रमाणपत्रमा क्यूआर कोड राखिने
डिमेन्शा रोकथाम र पहिचानका लागि यूकेमा दुई करोड पाउन्डको एआई अनुसन्धान केन्द्र स्थापना गरिँदै
पाकिस्तानमा पोलियो उन्मुलन अभियान चुनौतीपूर्ण बन्दै
आजको मौसम : चार प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन डा. तोसिमा कार्की मनिला जाँदै
बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी
स्वास्थ्य तथा शिक्षा क्षेत्रको सर्वाधिक करदाता बन्यो नोबेल मेडिकल कलेज




प्रतिकृया दिनुहोस