रोग लाग्नै नदिने स्वस्थ वातावरण निर्माण आवश्यक : स्वास्थ्यमन्त्री मेहता
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने स्वस्थ वातावरण निर्माणमा जोड दिनुपर्ने बताए।
प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन २०२६ लाई आज सम्बोधन गर्दै मन्त्री मेहताले रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकता दिएर स्वस्थ तथा अनुकूल वातावरण निर्माण गर्नु प्रभावकारी र दिगो स्वास्थ्य रणनीति भएको बताए।
उनले स्वास्थ्यलाई अस्पताल, उपचार र औषधिमा मात्र सीमित राख्न नहुने बताए। मानिसको स्वास्थ्य सामाजिक, आर्थिक तथा वातावरणीय अवस्थासँग प्रत्यक्ष जोडिने भएकाले ती पक्षलाई समेत सम्बोधन गर्नु स्वास्थ्य प्रवर्द्धनको मुख्य उद्देश्य हुनुपर्ने उनको भनाइ थियो।
मन्त्री मेहताले उच्च रक्तचाप, मधुमेह, मुटु तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग, मानसिक स्वास्थ्य समस्या, सडक दुर्घटना, वायु प्रदूषण तथा जलवायु परिवर्तनबाट उत्पन्न स्वास्थ्य जोखिम न्यूनीकरण गर्न स्वास्थ्य क्षेत्रको एकल प्रयास पर्याप्त नहुने बताए।
यस्ता स्वास्थ्य समस्या न्यूनीकरणका लागि शिक्षा, कृषि, खानेपानी, सहरी विकास, स्थानीय सरकार, सञ्चारमाध्यम र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।
संघीय संरचनामा स्वास्थ्य प्रवर्द्धनको जिम्मेवारी तीनै तहका सरकारमा रहेको उल्लेख गर्दै मन्त्री मेहताले स्थानीय आवश्यकता, भाषा, संस्कृति र परिवेशअनुसार स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए।
सम्मेलनमा सन् २०३० सम्म नेपालको स्वास्थ्य प्रवर्द्धनका प्राथमिकता निर्धारण, स्वास्थ्य प्रवर्द्धन प्रणालीको सुदृढीकरण, दिगो लगानी, स्वास्थ्य सेवामा समान पहुँच तथा जवाफदेहितालगायत विषयमा छलफल भएको छ।
रोगको उपचारसँगै रोकथाम, स्वस्थ जीवनशैली प्रवर्द्धन र स्वास्थ्य अनुकूल वातावरण निर्माणलाई प्राथमिकता दिने नीतिगत विषयमा सम्मेलनले जोड दिएको छ।
भर्खरै
नेपाली सेनाद्वारा निस्शुल्क स्वास्थ्य शिविर
रोग लाग्नै नदिने स्वस्थ वातावरण निर्माण आवश्यक : स्वास्थ्यमन्त्री मेहता
धादिङको रुबीभ्यालीमा जिप दुर्घटना, घाइतेको हेलिकप्टरमार्फत उद्धार
सुत्नुअघि यी खानेकुरा खाँदा निद्रामा हुन सक्छ सुधार!
लुम्बिनीका १० जिल्ला कुष्ठरोगको उच्च जोखिममा, बालबालिकामा समेत सङ्क्रमण
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो
स्वास्थ्यकर्मी नहुँदा सङ्खुवासभा कारागारका कैदीबन्दी उपचारबाट प्रभावित
धेरै पढिएको
स्वास्थ्य व्यवसायीको दर्ता र नवीकरण अब अनलाइनबाटै, प्रमाणपत्रमा क्यूआर कोड राखिने
डिमेन्शा रोकथाम र पहिचानका लागि यूकेमा दुई करोड पाउन्डको एआई अनुसन्धान केन्द्र स्थापना गरिँदै
पाकिस्तानमा पोलियो उन्मुलन अभियान चुनौतीपूर्ण बन्दै
आजको मौसम : चार प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन डा. तोसिमा कार्की मनिला जाँदै
बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी
स्वास्थ्य तथा शिक्षा क्षेत्रको सर्वाधिक करदाता बन्यो नोबेल मेडिकल कलेज




प्रतिकृया दिनुहोस