राष्ट्रिय ट्रमा सेन्टरमा एक वर्षमा १ लाख २४ हजारभन्दा बढीले लिए ओपीडी सेवा
एक वर्षमा ८ हजारभन्दा बढी ठूला शल्यक्रिया
काठमाडौं ।राष्ट्रिय ट्रमा सेन्टरमा पछिल्लो एक वर्षमा ओपीडीबाट एक लाख २४ हजार ११२ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् । सेन्टरले आज बुधबार आफ्नो १३औँ वार्षिकोत्सव कार्यक्रममा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले आर्थिक वर्ष २०८२/८३ मा मात्रै ओपीडीबाट एक लाख २४ हजार ११२ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका जानकारी दिएका हुन् । अघिल्लो आर्थिक वर्ष २०८१ /८२ मा यो संख्या एक लाख १४ हजार ८०० थियो ।\
उनका अनुसार अस्पतालमा एक वर्षमा ८ हजार १४२ वटा ठूला शल्यक्रिया गरिएको छ। तीमध्ये करिब दुई हजार शल्यक्रिया सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क गरिएको छ। आकस्मिक विभागका साना शल्यक्रिया भने उक्त तथ्यांकमा समावेश छैनन्।
उनले भने , 'बिरामीको बढ्दो चापले सेन्टरको जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापनमा चुनौती छ । '
विभागगत तथ्यांकअनुसार सबैभन्दा बढी बिरामी अर्थोपेडिक्स विभागमा उपचारका लागि पुग्ने गरेका छन्। कुल एक लाख २४ हजार बिरामीमध्ये करिब ८६ हजार बिरामीले यस विभागबाट सेवा लिएका छन्।
अर्थोपेडिक्स विभागमा करिब ४० जना विशेषज्ञ शल्यचिकित्सक कार्यरत छन्। विभागमा रेजिडेन्सी कार्यक्रमअन्तर्गत ३० देखि ३५ जना आवासीय चिकित्सकसमेत अध्ययन तथा अभ्यासमा संलग्न छन्। फेलोसिप कार्यक्रमसमेत सञ्चालन भइरहेकाले विभागले ठूलो संख्यामा बिरामीलाई सेवा दिँदै आएको छ।
अर्थोपेडिक्सपछि मेडिसिन, न्युरोसर्जरीलगायतका विभागमा बिरामीको चाप रहने गरेको छ। ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामीमध्ये लडेर घाइते भएका तथा सडक दुर्घटनामा परेका बिरामीको संख्या बढी छ। यो प्रवृत्ति नेपालको दुर्घटना तथा चोटपटकसम्बन्धी समग्र अवस्थासँग मेल खाने अस्पतालको विश्लेषण छ ।
यसैगरी, सेन्टरमा टाउकोमा गम्भीर चोट लागेका तथा अन्य जटिल अवस्थाका बिरामीको संख्या बढी हुने भएकाले सघन उपचार कक्ष (आईसीयू) विस्तारलाई प्राथमिकतामा राखिएको छ।
अस्पताल विस्तार परियोजनाअन्तर्गत आईसीयू विस्तारका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट करिब १८ करोड रुपैयाँ उपलब्ध भएको छ। उक्त बजेटबाट थप २० देखि २५ शय्याको आईसीयू विस्तार गर्ने लक्ष्य राखिएको छ। यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेलगायतका काम अघि बढाइएको छ।
भर्खरै
राष्ट्रिय ट्रमा सेन्टरमा एक वर्षमा १ लाख २४ हजारभन्दा बढीले लिए ओपीडी सेवा
त्रिवि शिक्षण अस्पतालको नर्सिङ निर्देशकमा गंगा हुमागाईं नियुक्त
स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यकः सरोकारवाला
अटिजम भएका बालबालिकाका लागि ५ तले स्कूल तथा अनुसन्धान केन्द्र निर्माण हुँदै
आयुर्वेद तथा वैकल्पिक चिकित्साका सबै विधाको प्रतिनिधित्व सुनिश्चित गर्न मन्त्री मेहताको जोड
सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको नीति : मन्त्री मेहता
अस्पतालको फोहोर बेचेर वार्षिक डेढ लाख आम्दानी गर्दै प्रादेशिक अस्पताल भद्रपुर
धेरै पढिएको
स्वास्थ्यकर्मी नहुँदा सङ्खुवासभा कारागारका कैदीबन्दी उपचारबाट प्रभावित
आधारभूत स्वास्थ्य सेवा प्याकेज पुनरावलोकन गरिने, प्रमाणमा आधारित निर्णयमा मन्त्री मेहताको जोड
सुत्नुअघि यी खानेकुरा खाँदा निद्रामा हुन सक्छ सुधार!
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न कर्णाली सरकार प्रतिबद्ध
चाडपर्वको बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप, ओपिडीमा एकैदिन ३ हजार ३००
मधुमेह भएका व्यक्तिले नियमित आँखा परीक्षण गराए दृष्टि गुम्ने जोखिम घटाउन सकिने
तराईमा हुस्सु–कुहिरो, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने




प्रतिकृया दिनुहोस