अस्पतालको फोहोर बेचेर वार्षिक डेढ लाख आम्दानी गर्दै प्रादेशिक अस्पताल भद्रपुर
भद्रपुर ।अस्पतालबाट निस्कने फोहोरमैला व्यवस्थापन स्वास्थ्य संस्थाका लागि चुनौती बनिरहेका बेला झापाको प्रादेशिक अस्पताल भद्रपुरले भने फोहोरलाई आम्दानीको स्रोत बनाएको छ।अस्पतालले पुनःप्रयोग गर्न मिल्ने फोहोर छुट्याएर बिक्री गर्दै वार्षिक करिब १ लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ। अस्पतालले विगत पाँच वर्षदेखि फोहोर व्यवस्थापनमार्फत नियमित आम्दानी गर्दै आएको हो।
अस्पतालको फोहोरमैला व्यवस्थापन तथा बहिरङ्ग विभाग संयोजक निरु कुँवरका अनुसार पुनःप्रयोग गर्न मिल्ने कागज, प्लास्टिक र आल्मुनियमजन्य फोहोर छुट्याएर बिक्री गर्ने गरिएको छ। यसबाट अस्पतालले मासिक १२ देखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको छ।अस्पतालबाट मासिक करिब पाँच क्विन्टल कागजजन्य, एक क्विन्टल प्लास्टिकजन्य र दुई केजी आल्मुनियमजन्य फोहोर बिक्री हुने गरेको कुँवरले जानकारी दिइन्।
अस्पतालमा स्लाइनका खाली बोतल, पाइप, सिरिन्जलगायतका सामग्री पनि प्रयोगपछि छुट्याउने गरिएको छ। कुहिने र नकुहिने फोहोरलाई स्रोतबाटै वर्गीकरण गरी पुनःप्रयोग गर्न मिल्ने सामग्री बिक्रीका लागि राख्ने गरिएको छ।जर्मन सहयोगी संस्था जीआईजेडले फोहोर प्रशोधन गरी पुनःप्रयोगयोग्य बनाउन आवश्यक मेसिन तथा सामग्री सहयोग गरेपछि अस्पतालमा व्यवस्थित फोहोर व्यवस्थापनको अभ्यास सुरु भएको हो।
अस्पतालबाट निस्कने जोखिमयुक्त फोहोरलाई भने छुट्टै प्रशोधन गरी सुरक्षित विसर्जन गर्ने गरिएको छ। सङ्क्रमणको जोखिम भएका फोहोरलाई आधुनिक मेसिनमार्फत प्रशोधन गरी ब्याक्टेरिया नष्ट गरेपछि सुरक्षित रूपमा विसर्जन गर्ने गरिएको अस्पतालले जनाएको छ।त्यस्तै, प्रयोग भइसकेका सुईजन्य सामग्रीलाई सुरक्षित बनाउने प्रक्रियापछि चौतारा निर्माणमा समेत प्रयोग गरिएको छ। कुँवरका अनुसार अस्पताल परिसरमा यस्ता दुईवटा चौतारा निर्माण भइसकेका छन्।
फोहोर व्यवस्थापनका लागि अस्पतालमा दुई जना जनशक्ति परिचालन गरिएको छ।हाल प्रादेशिक अस्पताल भद्रपुरमा दैनिक औसत एक हजार जनाले बहिरङ्ग सेवा लिँदै आएका छन्। बिरामीको चापसँगै दैनिक ठूलो परिमाणमा फोहोर उत्पादन हुने भए पनि वर्गीकरण, प्रशोधन र पुनःप्रयोगको अभ्यासले व्यवस्थापन सहज बनेको अस्पतालको भनाइ छ।
पहिले अस्पताल परिसरमा फोहोर थुप्रिने समस्या रहे पनि अहिले स्रोतबाटै फोहोर छुट्याएर व्यवस्थापन गर्न थालेपछि अस्पताल परिसर सफा राख्न सहज भएको कुँवरले बताइन्।अस्पतालको यो अभ्यासले स्वास्थ्य संस्थाबाट निस्कने फोहोरलाई उचित व्यवस्थापन गर्न सके वातावरणीय स्वच्छतासँगै आर्थिक आम्दानीको स्रोत पनि बनाउन सकिने देखाएको छ।
भर्खरै
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला
स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
चिकित्सकले गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिए भ्रष्टाचार मुद्दामा दोषी ठहर हुन सक्ने सर्वोच्चको व्याख्या
जन्ती बोकेको बोलेरो र ट्याक्टर ठोक्किँदा १३ जना घाइते
आज देशभर मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने
राष्ट्रिय ट्रमा सेन्टरमा एक वर्षमा १ लाख २४ हजारभन्दा बढीले लिए ओपीडी सेवा
त्रिवि शिक्षण अस्पतालको नर्सिङ निर्देशकमा गंगा हुमागाईं नियुक्त
धेरै पढिएको
सुत्नुअघि यी खानेकुरा खाँदा निद्रामा हुन सक्छ सुधार!
आधारभूत स्वास्थ्य सेवा प्याकेज पुनरावलोकन गरिने, प्रमाणमा आधारित निर्णयमा मन्त्री मेहताको जोड
मधुमेह भएका व्यक्तिले नियमित आँखा परीक्षण गराए दृष्टि गुम्ने जोखिम घटाउन सकिने
जथाभावी एन्टिबायोटिक प्रयोगले बढाउँदैछ जनस्वास्थ्य जोखिम, चिकित्सकको सल्लाहबिना औषधि नखान आग्रह
नेपाली सेनाद्वारा निस्शुल्क स्वास्थ्य शिविर
पनौती नगर अस्पतालको सेवा विस्तार र व्यवस्थापन सुधारमा मुख्यमन्त्रीको जोड
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी




प्रतिकृया दिनुहोस