जन्ती बोकेको बोलेरो र ट्याक्टर ठोक्किँदा १३ जना घाइते
नवलपुर । नवलपुरको मध्य विन्दु नगरपालिका–११ अरुणखोलास्थित बाहुनीकुनामा जन्ती बोकेको बोलेरो जिप र ट्र्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय चुरेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
कावासोती नगरपालिका–१६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको लु २ च ८९९७ नम्बरको बोलेरो जिप र लु २ त २४१७ नम्बरको ट्र्याक्टर आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ८ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ती मध्य अस्विन चौधरी र निर्मल चौधरीको अवस्था गम्भीर रहेको डिएसपी पण्डिते बताए ।
दुर्घटनामा परि घाइते हुनेमा विनयी त्रिवेणी गाउँपालिका–४ का मिलन चौधरी, प्रिन्स विक, रविन चौधरी, रिजन चौधरी, गुलसन थापा, विशाल शर्मा, श्याम चौधरी, युवराज चौधरी र सुमेन्द्र चौधरी तथा मध्य विन्दु नगरपालिका–१० का आदेश आले रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
भर्खरै
जन्ती बोकेको बोलेरो र ट्याक्टर ठोक्किँदा १३ जना घाइते
आज देशभर मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने
राष्ट्रिय ट्रमा सेन्टरमा एक वर्षमा १ लाख २४ हजारभन्दा बढीले लिए ओपीडी सेवा
त्रिवि शिक्षण अस्पतालको नर्सिङ निर्देशकमा गंगा हुमागाईं नियुक्त
स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यकः सरोकारवाला
अटिजम भएका बालबालिकाका लागि ५ तले स्कूल तथा अनुसन्धान केन्द्र निर्माण हुँदै
आयुर्वेद तथा वैकल्पिक चिकित्साका सबै विधाको प्रतिनिधित्व सुनिश्चित गर्न मन्त्री मेहताको जोड
धेरै पढिएको
सुत्नुअघि यी खानेकुरा खाँदा निद्रामा हुन सक्छ सुधार!
आधारभूत स्वास्थ्य सेवा प्याकेज पुनरावलोकन गरिने, प्रमाणमा आधारित निर्णयमा मन्त्री मेहताको जोड
मधुमेह भएका व्यक्तिले नियमित आँखा परीक्षण गराए दृष्टि गुम्ने जोखिम घटाउन सकिने
जथाभावी एन्टिबायोटिक प्रयोगले बढाउँदैछ जनस्वास्थ्य जोखिम, चिकित्सकको सल्लाहबिना औषधि नखान आग्रह
नेपाली सेनाद्वारा निस्शुल्क स्वास्थ्य शिविर
पनौती नगर अस्पतालको सेवा विस्तार र व्यवस्थापन सुधारमा मुख्यमन्त्रीको जोड
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी




प्रतिकृया दिनुहोस