सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
सुर्खेत । सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या सबैभन्दा बढी दार्मा गाउँपालिकामा रहेको छ ।
दार्मामा सबैभन्दा बढी संक्रमित
कार्यालयको तथ्यांकअनुसार दार्मा गाउँपालिकामा २८१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, बागचौर नगरपालिकामा २४७, कुमाख गाउँपालिकामा ८२, कपुरकोट गाउँपालिकामा ६९, जिल्ला अस्पताल सल्यानमा ६६ र छत्रेश्वरी गाउँपालिकामा ५१ जनामा संक्रमण देखिएको छ ।
यसैगरी, बन्गाड कुपिण्डे नगरपालिकामा ११, त्रिवेणी गाउँपालिकामा ६, सिद्धकुमाख गाउँपालिकामा ३ र कालिमाटी गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
संक्रमण पुष्टि भएपछि नेपालगञ्ज लगिएको थियो
दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार मल्लको असोज २८ गते गरिएको परीक्षणमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो । जिल्ला अस्पतालबाट घर फर्किएका उनलाई पछि श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि घोराही हुँदै नेपालगञ्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको बस्नेतले जानकारी दिए ।
झाडी सफा राख्न र सावधानी अपनाउन आग्रह
वर्षायाममा बढी देखिने स्क्रब टाइफसको संक्रमण पछिल्लो समय घट्दै गए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । जिल्लामा संक्रमितको संख्या उल्लेख्य रहेकाले स्वास्थ्यकर्मीले सावधानी अपनाउन आग्रह गरेका छन् ।
स्क्रब टाइफस संक्रमित माइटको टोकाइबाट सर्ने रोग हो । यसको जोखिम कम गर्न घाँसदाउरा गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउने, बुट तथा पञ्जा प्रयोग गर्ने र घरवरपरका झाडी सफा राख्ने सुझाव स्वास्थ्यकर्मीले दिएका छन् ।
ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने वा टोकेको ठाउँमा कालो दाग देखिनेजस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा जाँच गराउन पनि स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । समयमै उपचार नपाएमा स्क्रब टाइफसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
भर्खरै
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु
मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित
चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
बिहान तातो पानी पिउँदा शरीरमा के हुन्छ? जान्नुहोस् वैज्ञानिक तथ्य
बिर्तामोडमा बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु
नाइजेरियासम्म फैलियो इबोला सङ्क्रमण, ४४ जना निगरानीमा
धेरै पढिएको
दशैँतिहारमा बालबालिकालाई व्यस्त राख्ने उपाय: संस्कृतिदेखि प्रकृतिसम्म
दशैंमा मासु–मदिरा, चिल्लो परिकार र अनिन्द्रा स्वास्थ्यका लागि घातक : डा.सुवर्ण पौडेल
लुम्बिनी प्रादेशिक अस्पतालमा ३० बेडको एचडीयू सेवा सुरु, आईसीयूको चाप घट्ने अपेक्षा
पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने
दशैँमा मुटु कसरी जोगाउने? वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्सालको सुझाव
लहानको १२ शय्याको आँखा उपचार केन्द्रदेखि विराटनगरसम्म, सन् २०२५ मा १४ लाखभन्दा बढीको आँखा परीक्षण
युवामै किन बढ्दैछ हार्ट अट्याकको जोखिम? प्रा. डा. राजेन्द्र कोजू (भिडियोसहित)




प्रतिकृया दिनुहोस