चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते
काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) मा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको नगरको आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ ।
भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जनालाई सामान्य चोट लागेको छ । शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पका कारण ३०० भन्दा बढी घर भत्किएका छन् ।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको अधिकारीहरूले जनाएका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ ।
उद्धार तथा राहतका लागि ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । त्यसैगरी, क्षेत्रीय अग्नि तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा ३४७ जना जनशक्ति खटाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
भर्खरै
वीर अस्पतालमा पार्किन्सन, छारे रोग र मेरुदण्डका बिरामीका लागि विशेष क्लिनिक तथा शल्यक्रिया कार्यक्रम
युरोपमा यस वर्ष गर्मीका कारण ५० हजारभन्दा बढीको मृत्यु, दुई तिहाइमा जलवायु परिवर्तन जिम्मेवार
आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु
मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित
चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
धेरै पढिएको
दशैंमा मासु–मदिरा, चिल्लो परिकार र अनिन्द्रा स्वास्थ्यका लागि घातक : डा.सुवर्ण पौडेल
दशैँमा मुटु कसरी जोगाउने? वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्सालको सुझाव
युवामै किन बढ्दैछ हार्ट अट्याकको जोखिम? प्रा. डा. राजेन्द्र कोजू (भिडियोसहित)
लहानको १२ शय्याको आँखा उपचार केन्द्रदेखि विराटनगरसम्म, सन् २०२५ मा १४ लाखभन्दा बढीको आँखा परीक्षण
सुनकोशी सुमो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी जारी
विश्व स्तन क्यान्सरविरुद्धको दिवस आज मनाइँदै
हिमाली र पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना




प्रतिकृया दिनुहोस