जाजरकोटमा स्क्रब टाइफस बढ्दो, तीन महिनामा १२२ संक्रमित
जाजरकोट । जाजरकोटमा स्क्रब टाइफस संक्रमण बढ्दै गएको छ। साउनदेखि असोजसम्म तीन महिनामा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा १२२ जनामा संक्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ४०४ जना शङ्कास्पद बिरामीको परीक्षण गरिएको थियो। साउनमा १९, भदौमा ५६ र असोजमा ४७ जनामा संक्रमण पुष्टि भएको हो।
सबैभन्दा धेरै संक्रमण नलगाड नगरपालिकामा देखिएको छ। त्यहाँ २०३ जनाको परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालमा १९३ जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको छ। हाल अस्पतालमा दुई जना उपचाररत छन्।
निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सुनिल पुनले समयमै परीक्षण र उपचार गरे स्क्रब टाइफस निको हुने बताए। उनले ज्वरो आएमा घरमै अनुमानका भरमा औषधि सेवन नगरी स्वास्थ्य संस्थामा पुग्न आग्रह गरे।
स्क्रब टाइफस संक्रमित झाडी तथा घाँसे क्षेत्रमा पाइने ‘चिगर’को टोकाइबाट सर्छ। उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, अत्यधिक कमजोरी, खोकी, वाकवाकी र बान्ता यसका प्रमुख लक्षण हुन्। समयमै उपचार नभए फोक्सो, मिर्गौला र मस्तिष्कमा जटिलता आउन सक्छ।
स्वास्थ्यकर्मीले झाडी तथा घाँसे क्षेत्रमा जाँदा शरीर ढाकिने कपडा लगाउन र लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन सुझाव दिएका छन्।
भर्खरै
कांग्रेस केन्द्रीय सदस्यमा तीन चिकित्सक प्रतिस्पर्धामा, खुलातर्फ केसी र श्रेष्ठ; मधेशबाट झा
नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष डा.अञ्जनी कुमार झा मधेश भूगोलअन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी
देशभर मौसम बदली, पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना
डा. प्रदीप मिश्र गरे पेसागत विषय विज्ञ समूहबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता
युवा पुस्ताको प्रतिनिधित्व गर्दै महामन्त्रीमा उम्मेदवारी दिएका हुँ : डा.सन्तोष उपाध्याय
मेडिकल व्यवसायी खुमा अर्यालले कांग्रेस गण्डकी प्रदेश खुला केन्द्रीय सदस्यमा उम्मेदवारी
नेपाल कोर एफएचआईआर कार्यान्वयन निर्देशिका स्वीकृत
धेरै पढिएको
के खाने मात्र होइन, कहिले खाने? खानाको सही समयले स्वास्थ्यमा पार्छ यस्तो असर
वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीको नयाँ गीत ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक
स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त
४० बर्ष नाघेका महिलाहरुका लागि निशुल्क मेमोग्राम जाँच
पेट दुख्दैमा आफूखुसी ग्यास्ट्रिकको औषधि नखानुस् : डा. भूपेन्द्र बस्नेत (भिडियोसहित)
भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त




प्रतिकृया दिनुहोस