युवा पुस्ताको प्रतिनिधित्व गर्दै महामन्त्रीमा उम्मेदवारी दिएका हुँ : डा.सन्तोष उपाध्याय

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा चिकित्सक डा. सन्तोष उपाध्यायले १५औँ महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व गर्दै महामन्त्री पदमा उम्मेदवारी दिएको बताएका छन्।

उनले पार्टीको पदाधिकारी तहमा युवाको उपस्थिति कमजोर रहेको भन्दै आफूले समग्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको बताए ।

‘हामीले समावेशी भनेर ३५ वर्षमुनिको सदस्यमा त राख्यौँ, तर ३५ वर्ष ३४ वर्षमा प्रधानमन्त्री हुनुभएको बिपी कोइरालाको पार्टीमा युवाहरू पदाधिकारीमा आएका छैनौँ । तसर्थ मैंले समग्र युवा पुस्तालाई प्रतिनिधित्व गर्दै यसपाली महामन्त्री पदमा उम्मेदवारी दिएको छु,’ उनले भने।

उपाध्यायले पुरानै अनुहार दोहो¥याएर अघि बढ्दा जनताले नरुचाउन सक्ने भन्दै कांग्रेसको नेतृत्वमा युवाको उपस्थिति आवश्यक रहेको बताए।

चिकित्सकीय अनुभवलाई राजनीतिमा उपयोग गर्नुपर्ने बताउँदै उनले विज्ञ र विशेषज्ञहरू राजनीतिमा आउनुपर्नेमा जोड दिए ।

आफूले चिकित्सकका रूपमा आपतकालीन अवस्थाको सामना गरेको र जनताको भावना बुझ्न सक्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।

‘मैले इमर्जेन्सी सिचुएसनहरू फेस गरेको छु, मानिसको मरण र जीवनलाई नजिकबाट नियालेको छु । तसर्थ मैले झन् बढी भावना बुझ्छु जस्तो मलाई लाग्छ । र अहिले जनताको भावना बुझ्न सक्ने नेतृत्व चाहिएको छ, तसर्थ मेरो उम्मेदवारी सबैभन्दा सार्थक छ जस्तो लाग्छ,’ उनले भने।

उनले आफ्नो उम्मेदवारीले कांग्रेसमा युवाको नेतृत्वबारे चेतना जगाउनु नै आफ्नो जित भएको दाबी गरे।

प्रतिकृया दिनुहोस
↑