न्युयोर्कमा दादुरा संक्रमण तीव्र, आपत्काल घोषणा
अमेरिकाको न्युयोर्क राज्यमा दादुरा संक्रमण तीव्र रूपमा बढेपछि राज्य सरकारले आपत्काल घोषणा गरेको छ।
गभर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामी बढ्दै गएपछि आपत्काल घोषणा गरेकी हुन्। यस वर्ष न्युयोर्कमा हालसम्म १०८ जनामा दादुरा पुष्टि भएको छ। तीमध्ये ९२ जना जुलाई १५ पछि संक्रमित भएका हुन्।
कम खोप लगाइएका ग्रामीण क्षेत्र संक्रमणको मुख्य केन्द्र बनेका छन्। न्युयोर्क सहरमा समेत सात जनामा दादुरा पुष्टि भएको छ।
छिमेकी राज्य पेन्सिलभेनियामा संक्रमण अझ व्यापक देखिएको छ। त्यहाँ यस वर्ष ३९ जिल्लामा १ हजार ४ जनामा दादुरा पुष्टि भएको र पाँच जनाको मृत्यु भएको जनाइएको छ।
संक्रमण नियन्त्रणका लागि न्युयोर्क सरकारले दादुराविरुद्ध खोप लगाउन अनुमति पाएका स्वास्थ्यकर्मीको संख्या बढाएको छ। साथै, जोखिमबारे नागरिकलाई जानकारी गराउन विशेष सूचना प्रणाली सञ्चालनमा ल्याइएको छ। आपत्काल नोभेम्बर ४ सम्म लागू हुनेछ।
अमेरिकाभर अक्टोबर १ सम्म ३ हजार ८८७ जनामा दादुरा पुष्टि भइसकेको छ। स्वास्थ्य अधिकारीहरूले संक्रमणबाट जोगिन दादुरा, गलगण्ड र रुबेलाविरुद्धको एमएमआर खोपका दुई मात्रा लगाउन आग्रह गरेका छन्।
यसैबीच, अमेरिकामा विद्यालय जाने बालबालिकाको खोप दरसमेत घटेको छ। सन् २०२५–२६ को शैक्षिक वर्षमा खोप लगाउने दर ९२.४ प्रतिशत मा झरेको छ, जबकि स्वास्थ्य अधिकारीहरूले कम्तीमा ९५ प्रतिशत बालबालिकालाई खोप लगाउने लक्ष्य राखेका छन्।
भर्खरै
डा. प्रदीप मिश्र गरे पेसागत विषय विज्ञ समूहबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता
युवा पुस्ताको प्रतिनिधित्व गर्दै महामन्त्रीमा उम्मेदवारी दिएका हुँ : डा.सन्तोष उपाध्याय
मेडिकल व्यवसायी खुमा अर्यालले कांग्रेस गण्डकी प्रदेश खुला केन्द्रीय सदस्यमा उम्मेदवारी
नेपाल कोर एफएचआईआर कार्यान्वयन निर्देशिका स्वीकृत
कफीले मानिसपिच्छे फरक असर किन गर्छ? यस्तो छ वैज्ञानिक कारण
न्युयोर्कमा दादुरा संक्रमण तीव्र, आपत्काल घोषणा
काभ्रेका ३०८ जना बालबालिकालाई खुवाइयो स्वर्णबिन्दु
धेरै पढिएको
के खाने मात्र होइन, कहिले खाने? खानाको सही समयले स्वास्थ्यमा पार्छ यस्तो असर
वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीको नयाँ गीत ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक
सरकारी अस्पतालमै एन्टी रेबिज भ्याक्सिन खोप अभाव, निजीमा महँगो शुल्क तिर्न बाध्य
उपचारका क्रममा १४ वर्षीया किशोरीको मृत्यु, बीपी प्रतिष्ठानमा आफन्तद्वारा तोडफोड
जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार
भोटेकोशी बाढी अपडेट : १ हजार ४५४ जनाको शव फेला
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना




प्रतिकृया दिनुहोस