कंगोमा फैलिएको इबोला संक्रमण नियन्त्रणतर्फ
कंगो। लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।
पछिल्ला केही सातायता विभिन्न स्वास्थ्य क्षेत्रमा नयाँ संक्रमित फेला नपरेको जनाइएको छ। यद्यपि, संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ।
कंगोका स्वास्थ्यमन्त्री रोजर काम्बाले शुक्रबार राजधानी किन्शासामा आयोजित पत्रकार सम्मेलनमा इबोला संक्रमण अहिले प्रान्तभर फैलिएको अवस्थाबाट केही सीमित स्वास्थ्य क्षेत्रमा केन्द्रित हुँदै गएको जानकारी दिए।
शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार सातवटा प्रान्तमा फैलिएको संक्रमणका क्रममा हालसम्म ८ हजार ३ सय संक्रमितको पुष्टि भएको छ भने ४ हजार १८ जनाले ज्यान गुमाएका छन्। यसअनुसार संक्रमितमध्ये मृत्यु हुनेको दर ४८ दशमलव ४ प्रतिशत रहेको छ। हालसम्म २ हजार १ सय ६२ जना बिरामी उपचारपछि स्वस्थ भएका छन्।
प्रकोप सुरु भएयता सातवटा प्रान्तका ६३ स्वास्थ्य क्षेत्रमा संक्रमण देखिएको थियो। तीमध्ये १२ स्वास्थ्य क्षेत्रमा पछिल्ला ४२ दिनदेखि नयाँ संक्रमित फेला परेका छैनन्। स्वास्थ्यमन्त्री काम्बाका अनुसार संक्रमणको अवस्था विभिन्न क्षेत्रमा फरक भए पनि पछिल्लो समय संक्रमित फेला पर्ने स्वास्थ्य क्षेत्रको संख्या क्रमशः घटिरहेको छ।
यसैबीच, अन्तर्राष्ट्रिय चिकित्सा सहायता संस्था सीमा विनाका चिकित्सकहरूले आधिकारिक तथ्यांकभन्दा वास्तविक संक्रमित तथा मृतकको संख्या अझ बढी हुन सक्ने जनाएको छ। रोगको निगरानी तथा संक्रमितको पहिचानमा देखिएका चुनौतीका कारण केही घटना आधिकारिक तथ्यांकमा समेटिन नसकेको हुन सक्ने संस्थाको भनाइ छ।
मे महिनामा घोषणा गरिएको यो संक्रमण लोकतान्त्रिक गणतन्त्र कंगोमा अहिलेसम्म देखिएको सबैभन्दा ठूलो र गम्भीर इबोला प्रकोप बनेको छ। विश्वव्यापी रूपमा भने सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप भएको जनाइएको छ।
भर्खरै
स्वास्थ्य बीमामा पुसदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य, एआईबाट दाबी समीक्षा गरिने
बाजुराको कोल्टीमा निःशुल्क आँखा शिविर, ६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया
पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल कांग्रेस १५औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
मेडिकल व्यवसायी खुमा अर्यालको कांग्रेस १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा–हिमपातको सम्भावना
पेट दुख्दैमा आफूखुसी ग्यास्ट्रिकको औषधि नखानुस् : डा. भूपेन्द्र बस्नेत (भिडियोसहित)
धेरै पढिएको
के खाने मात्र होइन, कहिले खाने? खानाको सही समयले स्वास्थ्यमा पार्छ यस्तो असर
मुटुरोगको जोखिम बढ्दो,रोकथाममा लगानी कमजोर
वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीको नयाँ गीत ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक
मधेशमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न रामराजा प्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता
सरकारी अस्पतालमै एन्टी रेबिज भ्याक्सिन खोप अभाव, निजीमा महँगो शुल्क तिर्न बाध्य
जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार
मुटुरोगको जोखिम बढाउने ७ कारण, कसरी जोगिने?




प्रतिकृया दिनुहोस