भोटेकोशी बाढी अपडेट : १ हजार ४५४ जनाको शव फेला
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजे सम्म १ हजार ४५४ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५२ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३४ वटा शव व्यवस्थापन ९माटो मुनि सुरक्षित राखिएको० गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३३० र आफन्तका २ हजार ६६ गरी कुल ३ हजार ३९६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४२१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २३४ जना व्यक्तिहरूलाई राखिएको छ ।
भर्खरै
कांग्रेस केन्द्रीय सदस्यमा तीन चिकित्सक प्रतिस्पर्धामा, खुलातर्फ केसी र श्रेष्ठ; मधेशबाट झा
नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष डा.अञ्जनी कुमार झा मधेश भूगोलअन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी
देशभर मौसम बदली, पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना
डा. प्रदीप मिश्र गरे पेसागत विषय विज्ञ समूहबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता
युवा पुस्ताको प्रतिनिधित्व गर्दै महामन्त्रीमा उम्मेदवारी दिएका हुँ : डा.सन्तोष उपाध्याय
मेडिकल व्यवसायी खुमा अर्यालले कांग्रेस गण्डकी प्रदेश खुला केन्द्रीय सदस्यमा उम्मेदवारी
नेपाल कोर एफएचआईआर कार्यान्वयन निर्देशिका स्वीकृत
धेरै पढिएको
के खाने मात्र होइन, कहिले खाने? खानाको सही समयले स्वास्थ्यमा पार्छ यस्तो असर
वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीको नयाँ गीत ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक
स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त
४० बर्ष नाघेका महिलाहरुका लागि निशुल्क मेमोग्राम जाँच
पेट दुख्दैमा आफूखुसी ग्यास्ट्रिकको औषधि नखानुस् : डा. भूपेन्द्र बस्नेत (भिडियोसहित)
भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त




प्रतिकृया दिनुहोस