बिपी प्रतिष्ठानमा गृहमन्त्रीको अनुगमन, बिरामीको सुरक्षा र बिचौलिया नियन्त्रणमा जोड
सुनसरी । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले बिरामीको सुरक्षा, उपचार सेवाको सहजता र अस्पतालमा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखेका छन्।
गृहमन्त्री गुरुङले बिरामीको हित, स्वास्थ्य सेवा र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिएका छन्।
उनले बिचौलियाले बिरामीलाई अन्य अस्पतालमा लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने गतिविधि नियन्त्रण गर्न पनि निर्देशन दिए।
अनुगमनका क्रममा प्रतिष्ठानकी उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार लिम्बूलगायत पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, सुधारका प्रयास र आगामी योजनाबारे जानकारी दिए।
गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनको अवस्थाबारे पनि जानकारी लिएका थिए। उक्त सेवा सञ्चालन प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन उनले निर्देशन दिए।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरेका छन्। उनी आजै इटहरीमा आयोजना हुने तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
भर्खरै
कर्णालीका १० जिल्लामा निःशुल्क आँखा तथा कान उपचार सेवा विस्तार गरिँदै
बिपी प्रतिष्ठानमा गृहमन्त्रीको अनुगमन, बिरामीको सुरक्षा र बिचौलिया नियन्त्रणमा जोड
रोयल फर्मास्युटिकल्स ओम मेगाश्रीमा समाहित हुने, स्वाप रेसियाे तय, बोलायो साधारणसभा
किस्ट शिक्षण अस्पताल र मेदान्ताबीचको एकवर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज
सप्तरीमा २०१ जना एचआइभीबाट संक्रमित
झापामा ८६ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा, ८ लाख ५७ हजार आबद्ध
आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागे
धेरै पढिएको
मधुमेह भएका व्यक्तिले नियमित आँखा परीक्षण गराए दृष्टि गुम्ने जोखिम घटाउन सकिने
जथाभावी एन्टिबायोटिक प्रयोगले बढाउँदैछ जनस्वास्थ्य जोखिम, चिकित्सकको सल्लाहबिना औषधि नखान आग्रह
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी
सगरमाथा क्षेत्रमा चिसो बढेसँगै पर्यटक फर्किने क्रम तीव्र, एक सातामा १ हजार १८० बाहिरिए
सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको नीति : मन्त्री मेहता
आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने
सहारा नेपालको ‘जीवन वरदान’ कार्यक्रमबाट दुई वर्षमा पाँच हजारभन्दा बढी लाभान्वित



.png)
प्रतिकृया दिनुहोस