मधेसका स्वास्थ्य संस्थाको अनुगमनमा मन्त्री निशा मेहता
जनकपुरधाम । मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित तथा नागरिकमैत्री बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विभिन्न स्वास्थ्य संस्थाको अनुगमन गरेकी छन् ।
मन्त्री मेहताले सोमबार जनकपुरधामस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतका विभिन्न निकाय, रक्तसञ्चार सेवा केन्द्र तथा औषधि आपूर्ति कार्यालयको अनुगमन गरेकी हुन् ।
अनुगमनका क्रममा उनले सम्बन्धित निकायको व्यवस्थापन, सञ्चालन अवस्था तथा सेवा प्रवाहबारे जानकारी लिएकी थिइन् । साथै, विभिन्न स्वास्थ्य संस्थामा देखिएका व्यवस्थापकीय कमजोरी र सेवा प्रवाहका समस्याबारे चासो राख्दै सुधारका लागि आवश्यक सुझाव दिएकी थिइन् ।
स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई सहज, गुणस्तरीय र प्रभावकारी बनाउन व्यवस्थापकीय सुधार तथा आवश्यक समन्वयमा उनले जोड दिएकी छन् ।
स्वास्थ्य सेवामा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै निरन्तर पहल गर्ने प्रतिबद्धतासमेत मन्त्री मेहताले व्यक्त गरेकी छन् ।
भर्खरै
मधेसका स्वास्थ्य संस्थाको अनुगमनमा मन्त्री निशा मेहता
लामो समयदेखि अनुपस्थित आवासीय चिकित्सकलाई विभागमा फर्किन आग्रह
जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो
पश्चिमी वायुको आंशिक प्रभावले हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा.अधिकारी
तनहुँको व्यासमा आँखा उपचार केन्द्र सञ्चालन, अब स्थानीयस्तरमै सेवा
स्वास्थ्य तथा शिक्षा क्षेत्रको सर्वाधिक करदाता बन्यो नोबेल मेडिकल कलेज
धेरै पढिएको
भिमफेदी दुर्घट्ना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो
मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
आज विश्व निमोनिया दिवस, बालबालिकाको मृत्युको प्रमुख कारणमध्ये एक निमोनिया
सुनसरीमा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते
चीनमा तौल घटाउने खाने औषधि ‘ओर्फोग्लिप्रोन’ स्वीकृत
ॐ हस्पिटलको अध्यक्षमा डा. हरि किशोर श्रेष्ठ चयन
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामै मुटुका ७ जटिल अप्रेसन




प्रतिकृया दिनुहोस