लामो समयदेखि अनुपस्थित आवासीय चिकित्सकलाई विभागमा फर्किन आग्रह
वीरगञ्ज । वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले लामो समयदेखि विभागमा अनुपस्थित रहेका स्नातकोत्तर तह (पिजी) का आवासीय चिकित्सकलाई काममा फर्किन आग्रह गरेको छ ।
कलेजका प्राचार्य प्राडा केएन सिंहले सोमबार चौथो पटक सूचना जारी गर्दै आवासीय चिकित्सकलाई आ–आफ्नो विभागमा उपस्थित भई नियमित अध्ययन, क्लिनिकल ड्युटी तथा प्रशिक्षणमा सहभागी हुन आग्रह गरेका हुन् ।
कलेजले विभागीय अनुशासन र स्नातकोत्तर प्रशिक्षणसम्बन्धी प्रचलित व्यवस्थाको पालना गर्दै नियमित शैक्षिक तथा क्लिनिकल गतिविधिमा सहभागी हुन चिकित्सकलाई सूचित गरेको छ ।
विभागमा उपस्थित भएपछि शैक्षिक तथा क्लिनिकल गतिविधि त्रिभुवन विश्वविद्यालय तथा चिकित्साशास्त्र अध्ययन संस्थानका प्रचलित नियम र मापदण्डअनुसार सञ्चालन हुने सूचनामा उल्लेख छ ।
आवासीय चिकित्सकलाई नियमित शैक्षिक तथा क्लिनिकल गतिविधिमा फर्काउने विषयमा गत कात्तिक २७ गते शिक्षा मन्त्रालयमा छलफल भएको थियो ।
मन्त्रालयका पदाधिकारी, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन तथा नेसनल मेडिकल कलेजका अध्यक्ष, प्रबन्ध निर्देशकसहित अन्य पदाधिकारी सहभागी बैठकमा भएको छलफल र समन्वयका आधारमा पुनः चिकित्सकलाई विभागमा उपस्थित हुन आग्रह गरिएको कलेजले जनाएको छ ।
भर्खरै
मधेसका स्वास्थ्य संस्थाको अनुगमनमा मन्त्री निशा मेहता
लामो समयदेखि अनुपस्थित आवासीय चिकित्सकलाई विभागमा फर्किन आग्रह
जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो
पश्चिमी वायुको आंशिक प्रभावले हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा.अधिकारी
तनहुँको व्यासमा आँखा उपचार केन्द्र सञ्चालन, अब स्थानीयस्तरमै सेवा
स्वास्थ्य तथा शिक्षा क्षेत्रको सर्वाधिक करदाता बन्यो नोबेल मेडिकल कलेज
धेरै पढिएको
भिमफेदी दुर्घट्ना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो
मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
आज विश्व निमोनिया दिवस, बालबालिकाको मृत्युको प्रमुख कारणमध्ये एक निमोनिया
सुनसरीमा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते
चीनमा तौल घटाउने खाने औषधि ‘ओर्फोग्लिप्रोन’ स्वीकृत
ॐ हस्पिटलको अध्यक्षमा डा. हरि किशोर श्रेष्ठ चयन
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामै मुटुका ७ जटिल अप्रेसन




प्रतिकृया दिनुहोस