रक्तदानदेखि रगत व्यवस्थापनसम्म : नेपालमा किन हुन्छ रगतको अभाव? डा. विपिन नेपाल (भिडियोसहित)

रक्तदान जीवन बचाउने महत्वपूर्ण कार्य हो। तर नेपालमा रक्तदान गर्नेको सङ्ख्या बढ्दै गए पनि आवश्यक परेको समयमा बिरामीले सहजै रगत पाउन सकेका छैनन्। यसको मुख्य कारण रगतको अभाव मात्र नभई कमजोर व्यवस्थापन, आधुनिक परीक्षण प्रविधिको कमी र अस्पतालहरूमा ब्लड बैंक नहुनु पनि हो।

द हेल्थ शोको नयाँ एपिसोडमा रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपालसँग रगतको उत्पादन, रक्तदान, रक्तअल्पता, ब्लड ग्रुप, रगतबाट सर्ने रोग तथा नेपालमा रक्त व्यवस्थापनको अवस्थाबारे विस्तृत कुराकानी गरिएको छ।

डा. नेपालका अनुसार रगतलाई रातो रक्तकोष, प्लेटलेट र प्लाज्मामा छुट्याएर आवश्यकताअनुसार बिरामीलाई दिनुपर्छ। तर नेपालका धेरै ठाउँमा अझै पनि होल ब्लड दिने अभ्यास कायम छ। यसले रगतको प्रभावकारी उपयोगमा समस्या सिर्जना गरेको छ।

उनले नेपालका धेरैजसो ब्लड बैंकमा हेपाटाइटिस बी, हेपाटाइटिस सी र एचआईभी परीक्षणका लागि आधुनिक प्रविधिको अभाव रहेको औँल्याए। परीक्षणको गुणस्तर र विन्डो पिरियडका कारण सङ्क्रमण पहिचान नहुने जोखिमसमेत रहेको उनको भनाइ छ।

त्यस्तै, रक्तदान गर्दा कमजोरी हुन्छ भन्ने धारणा गलत रहेको बताउँदै उनले स्वस्थ व्यक्तिले आवश्यक मापदण्ड पूरा गरेर रक्तदान गर्न सक्ने जानकारी दिए। हेमोग्लोबिन १२ भन्दा कम भएका व्यक्तिले भने रक्तदान गर्नु हुँदैन।

रक्तदान, रगतको अभाव र सुरक्षित रक्तसञ्चारबारे विस्तृत जानकारीका लागि डा. विपिन नेपालसँगको पूरा कुराकानी तलको भिडियोमा हेर्नुहोस्।

 

प्रतिकृया दिनुहोस

भर्खरै

↑