रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना
मुगु । मुगुको रारा ताल घुम्न आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
काठमाडौंबाट रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको टोयोटा गाडी छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकखण्डको जिमाकाँरा भिरबाट खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार गाडीमा पाँच जना सवार थिए । तीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक पुरुष र एक महिला गम्भीर घाइते भएका छन् ।
घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ठिनी पठाइएको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिए ।
दुर्घटनामा मृत्यु हुने तथा घाइते हुनेहरूको पहिचान खुल्न सकेको छैन । दुर्घटनाको कारण र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
भर्खरै
रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना
नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शन
नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको अध्यक्षमा डा. दिप्तेश अर्याल चयन
बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन डा. तोसिमा कार्की मनिला जाँदै
स्वास्थ्य व्यवसायीको दर्ता र नवीकरण अब अनलाइनबाटै, प्रमाणपत्रमा क्यूआर कोड राखिने
आजको मौसम : चार प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
पाकिस्तानमा पोलियो उन्मुलन अभियान चुनौतीपूर्ण बन्दै
धेरै पढिएको
नेपालमै उत्पादित कार–टी सेलबाट ब्लड क्यान्सरको उपचार सफल, थप बिरामीमा प्रयोगको तयारी
तिहारमा पटाकाको आतंक : वायु प्रदूषणदेखि स्थायी बहिरोपनसम्मको जोखिम
व्यायामका लागि छुट्टै समय चाहिँदैन, दैनिक गतिविधिले नै जोगाउँछ मुटु
तनहुँमा स्क्रब टाइफसको जोखिम, एक महिनामै १५५ जनामा सङ्क्रमण पुष्टि
मुगुको सोरुमा बोलेरो जिप दुर्घटना, पाँच जना घाइते
निजामती कर्मचारी अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु, घरबाटै अपोइन्टमेन्ट लिन सकिने
आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना




प्रतिकृया दिनुहोस