डब्लूएचओ सेरोको क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रालाई उम्मेदवार बनाउने
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को क्षेत्रीय निर्देशक पदमा नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई उम्मेदवार बनाउने तयारी गरेको छ।
तत्कालीन क्षेत्रीय निर्देशक बंगलादेशकी साइमा वाजेदले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त छ। सो पदका लागि नेपाल सरकारले डा. मिश्रालाई उम्मेदवार बनाउने निर्णय गर्दै सदस्य राष्ट्रहरूको समर्थन जुटाउन कूटनीतिक समन्वय र लबिङ सुरु गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।
डब्लूएचओले नयाँ क्षेत्रीय निर्देशक चयनका लागि औपचारिक कार्यतालिका चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ। स्रोतका अनुसार आगामी अक्टोबर १२ मा उम्मेदवारी आह्वान गर्ने र जनवरी २४ मा निर्वाचन गर्ने तयारी छ।
नेपालसँगै भुटान, माल्दिभ्स र श्रीलंकाले पनि आफ्ना उम्मेदवार अघि सार्ने तयारी गरिरहेका छन्।
डब्लूएचओको दक्षिण–पूर्वी एसियाली क्षेत्रमा ११ सदस्य राष्ट्र छन्। तर, यसपटक १० देशले मात्र मतदान गर्न पाउनेछन्। सन् २०२१ को सैन्य ‘कु’ पछि संयुक्त राष्ट्रसंघको प्रतिबन्धमा रहेको म्यानमार मतदान प्रक्रियाबाट बाहिर रहनेछ।
नेपाल, भारत, भुटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलंका, थाइल्यान्ड र टिमोर–लेस्टेलगायतका देश निर्वाचनमा महत्वपूर्ण मतदाता मानिन्छन्। विशेषगरी भारतको समर्थनले निर्वाचनको परिणाममा महत्वपूर्ण प्रभाव पार्ने स्वास्थ्य क्षेत्रका जानकारहरूको आकलन छ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले डा. मिश्रालाई क्षेत्रीय निर्देशकको उम्मेदवार बनाउने निर्णय मन्त्रिपरिषद्बाट समेत भएको र अब सदस्य राष्ट्रहरूसँग समर्थन जुटाउने गृहकार्य भइरहेको बताए।
यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका पालामा डा. मिश्रालाई स्वास्थ्यमन्त्री नियुक्त गर्न प्रस्ताव गरिएको थियो। उनको नाम अनुमोदनका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको थियो। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेर छानबिन भइरहेको जानकारी पाएपछि उनलाई मन्त्री नियुक्त गर्ने निर्णयबाट सरकार पछि हटेको थियो।
विशेष अदालतले गत १ असारमा उक्त मुद्दामा डा. मिश्रालाई सफाइ दिएको थियो।
यसअघि सन् २०२३ मा भएको सेरो क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट डब्लूएचओ मुख्यालयमा कार्यरत वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. शम्भु आचार्य उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा तत्कालीन बंगलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले ८ मत प्राप्त गर्दा आचार्यले २ मत पाएका थिए।
बंगलादेशमा राजनीतिक परिवर्तन भएपछि वाजेदमाथि भ्रष्टाचारसम्बन्धी आरोप लाग्नुका साथै डब्लूएचओले आन्तरिक छानबिन गरेको थियो। त्यसपछि उनलाई पदबाट निलम्बन गरिएको थियो। उनले सेप्टेम्बर ९ मा क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिएकी थिइन्।
भर्खरै
डब्लूएचओ सेरोको क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रालाई उम्मेदवार बनाउने
कांग्रेस महाधिवेशन प्रतिनिधिमा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र मैदानमा
स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
नेपाल नर्सिङ परिषद्को सदस्यमा चार जना नियुक्त
नेपाल फार्मेसी परिषद्को सदस्यमा चार जना नियुक्त
बर्दिया अस्पतालमा चिकित्सक र आईसीयू अभाव, जटिल बिरामीलाई नेपालगन्ज रेफर गर्नुपर्ने बाध्यता
भेरी अस्पतालमा प्रसूति सेवा लिनेको संख्या बढ्दो, एक वर्षमा ६ हजार ५९७ सुत्केरी
धेरै पढिएको
के खाने मात्र होइन, कहिले खाने? खानाको सही समयले स्वास्थ्यमा पार्छ यस्तो असर
मुटुरोगको जोखिम बढ्दो,रोकथाममा लगानी कमजोर
वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीको नयाँ गीत ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक
मधेशमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न रामराजा प्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता
उपचारका क्रममा १४ वर्षीया किशोरीको मृत्यु, बीपी प्रतिष्ठानमा आफन्तद्वारा तोडफोड
जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार
सरकारी अस्पतालमै एन्टी रेबिज भ्याक्सिन खोप अभाव, निजीमा महँगो शुल्क तिर्न बाध्य




प्रतिकृया दिनुहोस