कांग्रेस महाधिवेशन प्रतिनिधिमा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र मैदानमा

काठमाडौं । नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
धनगढीमा लामो समयदेखि स्वास्थ्य सेवामा सक्रिय डा. मिश्रले स्वास्थ्य क्षेत्रको अनुभव र विशेषज्ञतालाई कांग्रेसको नीति निर्माणमा जोड्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल चिकित्सक संघ सुदूरपश्चिमका पूर्वसचिव तथा पूर्वअध्यक्षसमेत रहेका मिश्रले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाका लागि नीतिगत सुधार आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।
उनले चिकित्सक, बुद्धिजीवी, इन्जिनियरलगायत पेसागत समूहका आवाजलाई पार्टीको नीति निर्माणमा प्रभावकारी रूपमा समेट्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस
↑