भेरी अस्पतालमा प्रसूति सेवा लिनेको संख्या बढ्दो, एक वर्षमा ६ हजार ५९७ सुत्केरी
काठमाडौं। भेरी अस्पतालमा प्रसूति सेवा लिने महिलाको संख्या बर्सेनि बढ्दै गएको छ। अस्पतालप्रति नागरिकको बढ्दो विश्वास र प्रसूति गराउन स्वास्थ्य संस्था पुग्नुपर्छ भन्ने चेतना बढेका कारण सेवा लिनेको संख्या बढेको अस्पतालले जनाएको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भेरी अस्पतालले ६ हजार ५९७ जनालाई सुत्केरी सेवा दिएको छ। आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ६०८ जनाले अस्पतालबाट प्रसूति सेवा लिएका थिए।
आर्थिक वर्ष २०८२/८३ मा प्रसूति भएकामध्ये ४ हजार १४५ जनाले सामान्य तरिकाबाट बच्चा जन्माएका छन्। त्यस्तै, जटिल अवस्थामा प्रयोग गरिने भ्याकुम तथा फोर्सेप प्रविधिबाट २०५ जनाको प्रसूति गराइएको छ।
यस अवधिमा २ हजार २४७ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको अस्पतालले जनाएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष शल्यक्रियामार्फत हुने प्रसूतिको संख्या उल्लेखनीय रूपमा बढेको डा. दर्नालले बताए।
उनका अनुसार भेरी अस्पताल पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दूरदराज क्षेत्रबाट जटिल अवस्थामा रेफर भएर आउने प्रमुख अस्पताल हो।
प्रसूतिको समयमा हुनसक्ने जोखिम कम गर्न अस्पतालले दक्ष जनशक्ति, आधुनिक प्रसूति उपकरण, प्रभावकारी एनआईसीयू तथा आकस्मिक सेवा प्रणालीलाई थप सुदृढ गर्दै लगेको डा. दर्नालले बताए।
उनले अस्पतालको प्रसूति सेवा थप प्रविधिमैत्री बनाउँदै जटिल अवस्थामा आउने बिरामीलाई समेत प्रभावकारी उपचार उपलब्ध गराउनेतर्फ काम भइरहेको जानकारी दिए।
भर्खरै
डब्लूएचओ सेरोको क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रालाई उम्मेदवार बनाउने
कांग्रेस महाधिवेशन प्रतिनिधिमा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र मैदानमा
स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
नेपाल नर्सिङ परिषद्को सदस्यमा चार जना नियुक्त
नेपाल फार्मेसी परिषद्को सदस्यमा चार जना नियुक्त
बर्दिया अस्पतालमा चिकित्सक र आईसीयू अभाव, जटिल बिरामीलाई नेपालगन्ज रेफर गर्नुपर्ने बाध्यता
भेरी अस्पतालमा प्रसूति सेवा लिनेको संख्या बढ्दो, एक वर्षमा ६ हजार ५९७ सुत्केरी
धेरै पढिएको
के खाने मात्र होइन, कहिले खाने? खानाको सही समयले स्वास्थ्यमा पार्छ यस्तो असर
मुटुरोगको जोखिम बढ्दो,रोकथाममा लगानी कमजोर
वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीको नयाँ गीत ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक
मधेशमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न रामराजा प्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता
उपचारका क्रममा १४ वर्षीया किशोरीको मृत्यु, बीपी प्रतिष्ठानमा आफन्तद्वारा तोडफोड
जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार
सरकारी अस्पतालमै एन्टी रेबिज भ्याक्सिन खोप अभाव, निजीमा महँगो शुल्क तिर्न बाध्य




प्रतिकृया दिनुहोस