नेपाल नर्सिङ परिषद्को सदस्यमा चार जना नियुक्त

काठमाडौं । नेपाल नर्सिङ परिषद्को सदस्यमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्ट नियुक्त भएका छन्।

नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नवनियुक्त सदस्यहरूले नेपाल नर्सिङ परिषद्को सदस्यका रूपमा नर्सिङ तथा मिडवाइफ्री शिक्षाको नियमन, पेशागत मापदण्ड र सेवा व्यवस्थापनमा भूमिका निर्वाह गर्नेछन्।

प्रतिकृया दिनुहोस
↑