क्यान्सर उपचार प्रभावकारी बनाउन नर्सहरूलाई अङ्कोलोजी नर्सिङ तालिम आवश्यक
चितवन । क्यान्सरका बिरामी बढ्दै गएकाले समयमै रोग पहिचान, उपचार तथा बिरामीको गुणस्तरीय हेरचाहका लागि नर्सहरूलाई अङ्कोलोजी नर्सिङ (क्यान्सरसम्बन्धी विशेषज्ञ नर्सिङ) तालिम आवश्यक रहेको विज्ञहरूले जोड दिएका छन्।
अङ्कोलोजी नर्सिङसम्बन्धी अध्ययन तथा तालिम प्राप्त नर्सले क्यान्सरका लक्षण पहिचान, बिरामीको हेरचाह, उपचार प्रक्रियामा सहयोग तथा आवश्यक परामर्श प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विज्ञहरूको भनाइ छ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रा. डा. योगेन्द्रप्रसाद सिंहले क्यान्सरका बिरामीको गुणस्तरीय उपचार र हेरचाहका लागि अङ्कोलोजी नर्सिङको दायरा विस्तार गर्नुपर्ने बताए। चिकित्सक विभिन्न विधामा विशेषज्ञ बन्दै गएको अवस्थामा नर्सहरूलाई पनि विशेष विषयमा दक्ष बनाउन आवश्यक रहेको उनको भनाइ छ।
क्यान्सर उपचारमा नर्सहरूको भूमिका अझ प्रभावकारी बनाउन अङ्कोलोजी नर्सिङ अध्ययन तथा तालिमलाई अस्पतालमा मात्र सीमित नराखी देशव्यापी विस्तार गर्नुपर्ने उनले बताए। क्यान्सरको हेरचाह काठमाडौँ, पोखरा, विराटनगरलगायत देशका विभिन्न क्षेत्रमा आवश्यक रहेकाले विशेषज्ञ नर्सको पहुँच विस्तार गर्नुपर्ने उनको जोड छ।
अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले क्यान्सरको उपचार तथा बिरामीको हेरचाहलाई प्रभावकारी बनाउन देशभरका नर्सलाई अङ्कोलोजी नर्सिङ तालिम आवश्यक रहेको बताए। यस्तो तालिमले क्यान्सरको समयमै पहिचान र उपचारमा सहयोग पुग्ने उनको भनाइ छ।
क्यान्सर अस्पतालको नर्सिङ क्याम्पस प्रमुख लक्ष्मी न्यौपानेले चिकित्सकको विशेषज्ञता विस्तार हुँदै गएसँगै नर्सिङ क्षेत्रमा पनि विषयगत विशेषज्ञता विकास गर्नुपर्ने बताइन्। अङ्कोलोजी नर्सिङको विकास र विस्तारमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नेपालका विभिन्न क्षेत्रका साथै भारतका सीमावर्ती क्षेत्रबाट समेत क्यान्सरका बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालले देशमा क्यान्सर उपचार तथा विशेषज्ञ सेवाको नेतृत्व गर्दै आएको छ।
भर्खरै
क्यान्सर उपचार प्रभावकारी बनाउन नर्सहरूलाई अङ्कोलोजी नर्सिङ तालिम आवश्यक
भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा पुनः सञ्चालन
द्वन्द्व र कृषि सामग्रीको मूल्यवृद्धिले खाद्य सुरक्षामा चुनौती थपियो : फिल होगन
चिकित्सा शिक्षा सुधारका लागि सरकारको पहल, डा. गोविन्द केसीसँगका सम्झौता कार्यान्वयनमा जोड
औषधि उद्योगलाई गुणस्तरीय रेक्टिफाइड स्पिरिट प्रयोग गर्न औषधि व्यवस्था विभागको निर्देशन
आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने
नेपाल र भारतबीच आयुर्वेद तथा परम्परागत चिकित्सा क्षेत्रमा सहकार्य हुने
धेरै पढिएको
स्वास्थ्यकर्मी नहुँदा सङ्खुवासभा कारागारका कैदीबन्दी उपचारबाट प्रभावित
सुत्नुअघि यी खानेकुरा खाँदा निद्रामा हुन सक्छ सुधार!
चाडपर्वको बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप, ओपिडीमा एकैदिन ३ हजार ३००
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न कर्णाली सरकार प्रतिबद्ध
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह
एन्टिबायोटिक दुरुपयोग रोक्न अन्तर्राष्ट्रिय बहस, तेस्रो आईएसआईयुएम सम्मेलन भोलिदेखि
तराईमा हुस्सु–कुहिरो, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने




प्रतिकृया दिनुहोस