औषधि उद्योगलाई गुणस्तरीय रेक्टिफाइड स्पिरिट प्रयोग गर्न औषधि व्यवस्था विभागको निर्देशन
काठमाडौं । औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (९५ प्रतिशत इथानोल) को गुणस्तर सुनिश्चित गर्न औषधि व्यवस्था विभागले औषधि उद्योग तथा सरोकारवालालाई निर्देशन दिएको छ।
औषधि उत्पादनमा सहायक कच्चा पदार्थका रूपमा प्रयोग हुँदै आएको रेक्टिफाइड स्पिरिटले औषधिको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको गुणस्तर सुनिश्चित गर्न विभागले निर्देशन दिएको हो।
विभागका महानिर्देशक भरत भट्टराईका अनुसार हालसम्म विभिन्न अल्कोहल डिस्टिलरी, चिनी मिललगायत उद्योगबाट व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने रेक्टिफाइड स्पिरिट औषधि उद्योगमा प्रयोग हुँदै आएको छ। यसको उत्पादन तथा प्रशोधन प्रक्रिया मान्यताप्राप्त फार्माकोपियामा निर्धारित मापदण्डअनुसार भए नभएको सुनिश्चित गर्नुपर्ने विभागले जनाएको छ।
औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तर भारतीय फार्माकोपिया, ब्रिटिस फार्माकोपिया र संयुक्त राज्य अमेरिकाको फार्माकोपियालगायत मान्यताप्राप्त मापदण्डअनुरूप हुनुपर्ने महानिर्देशक भट्टराईले बताए। विभागले निर्धारित मापदण्ड पूरा गरेको रेक्टिफाइड स्पिरिट मात्र औषधि उत्पादनमा प्रयोग गर्ने व्यवस्था मिलाउन उद्योग तथा सरोकारवालालाई आग्रह गरेको छ। यो व्यवस्था सूचना प्रकाशित भएको मितिले ३५ दिनपछि अनिवार्य रूपमा लागू हुनेछ।
यसैबीच औषधि व्यवस्था विभागले प्लाटिनम समूहका औषधि तथा डायलाइसिस सोलुसनको बजार उपलब्धताबारे जानकारी सार्वजनिक गरेको छ। पछिल्लो समय सिस्प्लाटिन, कार्बोप्लाटिन तथा डायलाइसिस सोलुसनलगायत औषधि बजारमा उपलब्ध नभएको वा न्यून रहेको जानकारी आएपछि विभागले सहज रूपमा उपलब्ध गराउन सक्ने फर्म तथा वितरकको विवरण सार्वजनिक गरेको हो।
जीवनरक्षक औषधिको निरन्तर आपूर्ति सुनिश्चित गर्दै बिरामीलाई सहज रूपमा औषधि उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ। विभागले सम्बन्धित आयातकर्तालाई औषधिको मौज्दात, प्राप्ति तथा वितरणको अद्यावधिक अभिलेख राख्न र बजारमा नियमित उपलब्धता सुनिश्चित गर्न अनुरोध गरेको छ।
यसैबीच दसैँलगत्तै प्राविधिक स्तरोन्नति (पीएचपी अपग्रेड) हुन नसक्दा अवरुद्ध भएको औषधि व्यवस्था विभागको अनलाइन सेवा आजदेखि नियमित सञ्चालनमा आउने भएको छ। विभागले सोमबार प्रकाशित सूचनामार्फत अनलाइनबाट प्रदान गरिँदै आएका दर्तालगायतका सेवा नियमित सञ्चालनमा आउने जानकारी दिएको हो।
भर्खरै
द्वन्द्व र कृषि सामग्रीको मूल्यवृद्धिले खाद्य सुरक्षामा चुनौती थपियो : फिल होगन
चिकित्सा शिक्षा सुधारका लागि सरकारको पहल, डा. गोविन्द केसीसँगका सम्झौता कार्यान्वयनमा जोड
औषधि उद्योगलाई गुणस्तरीय रेक्टिफाइड स्पिरिट प्रयोग गर्न औषधि व्यवस्था विभागको निर्देशन
आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने
नेपाल र भारतबीच आयुर्वेद तथा परम्परागत चिकित्सा क्षेत्रमा सहकार्य हुने
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी
जथाभावी एन्टिबायोटिक प्रयोगले बढाउँदैछ जनस्वास्थ्य जोखिम, चिकित्सकको सल्लाहबिना औषधि नखान आग्रह
धेरै पढिएको
स्वास्थ्यकर्मी नहुँदा सङ्खुवासभा कारागारका कैदीबन्दी उपचारबाट प्रभावित
सुत्नुअघि यी खानेकुरा खाँदा निद्रामा हुन सक्छ सुधार!
चाडपर्वको बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप, ओपिडीमा एकैदिन ३ हजार ३००
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न कर्णाली सरकार प्रतिबद्ध
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह
एन्टिबायोटिक दुरुपयोग रोक्न अन्तर्राष्ट्रिय बहस, तेस्रो आईएसआईयुएम सम्मेलन भोलिदेखि
तराईमा हुस्सु–कुहिरो, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने




प्रतिकृया दिनुहोस