भैरहवामा ३ अर्ब ८२ करोड लगानीमा २०० शय्याको क्यान्सर अस्पताल बन्ने
रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा तीन अर्ब ८२ करोड रुपैयाँभन्दा बढी लगानीमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल निर्माण हुने भएको छ। अस्पतालको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो।
कृषि, वन तथा वातावरण मन्त्रालयले २०८३ असोज १२ गते मन्त्रीस्तरीय निर्णयमार्फत अस्पतालको ईआईए प्रतिवेदन स्वीकृत गरेको हो। लुम्बिनी क्यान्सर अस्पताल प्रालिमार्फत निर्माण हुने अस्पतालको प्रारम्भिक लगानी अनुमान साढे चार अर्ब रुपैयाँ हाराहारी रहेको छ।
अस्पतालका सञ्चालक तथा लगानीकर्ता कमल भण्डारीले ईआईए स्वीकृत भएसँगै निर्माण प्रक्रिया अघि बढाइने बताए। भौतिक संरचना निर्माण सम्पन्न गरी इजाजतपत्र प्राप्त गरेको तीन वर्षभित्र अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनले बताए।
करिब तीन बिघा क्षेत्रफलमा निर्माण हुने अस्पतालमा बेसमेन्ट र भुइँतलासहित आठ तलाको भवन रहने प्रस्ताव गरिएको छ। भवन करिब ३५ मिटर अग्लो हुनेछ। अस्पतालमा प्रयोगशाला, रेडियोलोजी, प्याथोलोजी, शल्यक्रिया, आईसीयू, आकस्मिक सेवा, किमोथेरापी र रेडियोथेरापीलगायत सेवा सञ्चालन गरिनेछ।
त्यसैगरी बोनम्यारो प्रत्यारोपण तथा क्यान्सरसँग सम्बन्धित अन्य विशिष्टीकृत उपचार सेवा पनि उपलब्ध गराउने योजना छ। अस्पताललाई अपाङ्गतामैत्री र बिरामीमैत्री बनाउन सातवटा लिफ्ट, ह्विलचेयरमैत्री संरचना, अपाङ्गतामैत्री शौचालय तथा एम्बुलेन्स सेवाको व्यवस्था प्रस्ताव गरिएको छ।
अस्पताल सञ्चालनमा आएपछि २८५ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ। जसमध्ये २२० जना प्राविधिक तथा स्वास्थ्यकर्मी र ६५ जना प्रशासनिक एवं अन्य अप्राविधिक कर्मचारी रहनेछन्।
लुम्बिनी र गण्डकी प्रदेशका नागरिकलाई गुणस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण गर्न लागिएको भण्डारीले बताए। अस्पताल सञ्चालनमा आएपछि क्यान्सर उपचारका लागि काठमाडौं, चितवन तथा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
विशेषगरी रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र दाङका बिरामीलाई अस्पतालबाट सेवा लिन सहज हुनेछ। नियमित किमोथेरापी, रेडियोथेरापी तथा अन्य उपचारका लागि टाढा जानुपर्ने बिरामी र तिनका परिवारको यातायात, बसोबास तथा खानपान खर्चसमेत घट्ने अपेक्षा गरिएको छ।
भण्डारीकै लगानी समूहले भैरहवामा १५० शय्याको एडभान्स अस्पताल निर्माण गरी सञ्चालनको तयारीसमेत गरिरहेको छ। प्रस्तावित एडभान्स अस्पताल र लुम्बिनी क्यान्सर अस्पतालबीचको दूरी करिब ५०० मिटर रहने जनाइएको छ। एडभान्स अस्पतालबाट क्यान्सर उपचारबाहेक अन्य रोगको उपचार सेवा उपलब्ध गराउने योजना छ।
ईआईए प्रतिवेदन स्वीकृत भए पनि अस्पतालको निर्माण सुरु हुने निश्चित मिति र सेवा सञ्चालनको विस्तृत समयतालिका भने सार्वजनिक गरिएको छैन।
भर्खरै
भैरहवामा ३ अर्ब ८२ करोड लगानीमा २०० शय्याको क्यान्सर अस्पताल बन्ने
सरकारी मेडिकल कलेजमा ४१८ सिट थप, ७७ हजार विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुँदै
बङ्गलादेशमा डेङ्गु सङ्क्रमण तीव्र, एकै दिन २ हजार २४९ जना अस्पताल भर्ना
आजको मौसम : हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने
ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढ्यो, शिलान्यास छिट्टै : मन्त्री मेहता
अस्पतालमा जनशक्ति अभाव समाधान गर्न नयाँ दरबन्दी र संरचना थप्ने तयारी
सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता
धेरै पढिएको
बिहान तातो पानी पिउँदा शरीरमा के हुन्छ? जान्नुहोस् वैज्ञानिक तथ्य
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु
नाइजेरियासम्म फैलियो इबोला सङ्क्रमण, ४४ जना निगरानीमा
चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते
आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने
बिर्तामोडमा बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु




प्रतिकृया दिनुहोस