ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढ्यो, शिलान्यास छिट्टै : मन्त्री मेहता
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी छन्।
उनले निर्माणको टेन्डर प्रक्रिया पूरा भइसकेको र शिलान्यास छिट्टै गरिने जानकारी दिएकी छन्।आइतबार ढल्केवरस्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्दै मन्त्री मेहताले स्वास्थ्य मन्त्रालयबाट आवश्यक प्रक्रिया पूरा गरी फाइल पूर्वाधार विकास मन्त्रालयमा पठाइसकिएको बताइन्।
बहुवर्षीय योजनाका रूपमा अघि बढेको सेन्टर निर्माणको शिलान्यास मिति भने अहिले नै निश्चित गर्न नसकिने उनको भनाइ छ।“हाम्रो टेन्डर नै परिसकेको छ। स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधार विकास मन्त्रालयमा गइसकेको छ। बहुवर्षीय भइसकेको छ, त्यही भएर यो सम्पन्न हुने चरणतिर जाँदैछ। शिलान्यासको ठ्याक्कै मिति भन्न गाह्रो हुन्छ। तर चाँडै नै हुन्छ। यहीँ बन्छ,” मन्त्री मेहताले भनिन्।
सडक दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई समयमै उपचार उपलब्ध गराउने र उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्न लागिएको हो।
संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक ट्रमा सेन्टर निर्माणका लागि रकम विनियोजन गरेको थियो।मिथिला नगरपालिका-७ स्थित प्रस्तावित निर्माणस्थलका लागि चार बिघा जग्गा प्राप्तिसमेत भइसकेको छ।
स्थानीयले लामो समयदेखि ढल्केवरमा ट्रमा सेन्टर निर्माणको काम अघि बढाउन माग गर्दै आएका छन्।
भर्खरै
ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढ्यो, शिलान्यास छिट्टै : मन्त्री मेहता
अस्पतालमा जनशक्ति अभाव समाधान गर्न नयाँ दरबन्दी र संरचना थप्ने तयारी
सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता
के तपाईंलाई पनि हरेक कुराले झिँझो लाग्छ? हुन सक्छ मानसिक स्वास्थ्यको सङ्केत
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण
सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते
गुल्मीमा ५५ प्रतिशतभन्दा बढी नागरिक स्वास्थ्य बिमाको दायरामा
धेरै पढिएको
बिहान तातो पानी पिउँदा शरीरमा के हुन्छ? जान्नुहोस् वैज्ञानिक तथ्य
युवामै किन बढ्दैछ हार्ट अट्याकको जोखिम? प्रा. डा. राजेन्द्र कोजू (भिडियोसहित)
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज
नाइजेरियासम्म फैलियो इबोला सङ्क्रमण, ४४ जना निगरानीमा
छ महिनामा सर्पदंशबाट ११० जनाको मृत्यु
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया किशोरीको हवाई उद्धार




प्रतिकृया दिनुहोस