विश्व पोलियो दिवसमा भैरहवामा ‘इन्ड पोलियो नाउ’ जनचेतना र्याली
विश्व पोलियो दिवसको अवसरमा शनिबार बिहान रुपन्देहीको भैरहवामा पोलियो उन्मूलनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘इन्ड पोलियो नाउ’ र्याली निकालिएको छ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी र रोटरी क्लब अफ भैरहवाको संयुक्त आयोजनामा निकालिएकोर्याली लुम्बिनी गेटबाट सुरु भएको थियो। र्याली बर्मेलीटोल, नारायणपथ, मिलनचोक र बैंक रोड हुँदै देवकोटा चोकमा पुगेर समापन भएको थियो।
र्यालीमा प्रतिनिधिसभा सदस्य डा. लेखजंग थापासहित रोटरी तथा रोटर्याक्ट क्लबका सदस्यहरू र विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
पोलियो रोग उन्मूलनका लागि जनचेतना अभिवृद्धि गर्ने, खोपको महत्त्वबारे जानकारी फैलाउने र पोलियोमुक्त समाज निर्माणका लागि सामूहिक प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यले र्याली आयोजना गरिएको हो।
पोलियो एक संक्रामक रोग हो, जसले विशेषगरी बालबालिकाको स्नायु प्रणालीमा असर पुर्याउन सक्छ र पक्षघातसमेत गराउन सक्छ। नियमित पोलियो खोप लगाउनु यस रोगबाट बच्ने प्रमुख उपाय हो।
विश्व पोलियो दिवसले पोलियो उन्मूलनका लागि विश्वव्यापी रूपमा भइरहेका प्रयास, खोप अभियान र जनचेतनामूलक गतिविधिको महत्त्वलाई उजागर गर्दै आएको छ।
भर्खरै
के तपाईंलाई पनि हरेक कुराले झिँझो लाग्छ? हुन सक्छ मानसिक स्वास्थ्यको सङ्केत
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण
सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते
गुल्मीमा ५५ प्रतिशतभन्दा बढी नागरिक स्वास्थ्य बिमाको दायरामा
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७ र १८ गते खुवाइने
विश्व पोलियो दिवसमा भैरहवामा ‘इन्ड पोलियो नाउ’ जनचेतना र्याली
वीर अस्पतालमा पार्किन्सन, छारे रोग र मेरुदण्डका बिरामीका लागि विशेष क्लिनिक तथा शल्यक्रिया कार्यक्रम
धेरै पढिएको
बिहान तातो पानी पिउँदा शरीरमा के हुन्छ? जान्नुहोस् वैज्ञानिक तथ्य
युवामै किन बढ्दैछ हार्ट अट्याकको जोखिम? प्रा. डा. राजेन्द्र कोजू (भिडियोसहित)
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया किशोरीको हवाई उद्धार
पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज
छ महिनामा सर्पदंशबाट ११० जनाको मृत्यु
दशैँमा पेट स्वस्थ राख्ने ५ उपाय, डा. भूपेन्द्र बस्नेतको सुझाव
विश्व स्तन क्यान्सरविरुद्धको दिवस आज मनाइँदै




प्रतिकृया दिनुहोस