सम्झौतापछि डिल्ली हरिजनले तोडे आमरण अनशन
काठमाडौं । एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकको निर्वाह भत्तालगायतका माग राख्दै आमरण अनशनमा बसेका डिल्ली हरिजनले सरकारसँग सम्झौता भएपछि अनशन तोडेका छन् ।
नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग र अनशनरत हरिजनबीच शुक्रबार सम्झौता भएपछि उनले अनशन अन्त्य गरेका हुन् ।
हरिजन गत असोज १९ गतेदेखि चिकित्सा शिक्षा आयोगको परिसरमा पुनः आमरण अनशनमा बसेका थिए ।
सम्झौताअनुसार एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकको मासिक निर्वाह भत्तासम्बन्धी मागलाई चिकित्सा शिक्षा आयोगको आगामी बैठकमा प्रस्तावका रूपमा पेस गरिनेछ । यसअघि गत साउन २२ गते मन्त्रालय र हरिजनबीच भएको सम्झौताको पहिलो बुँदामा उक्त विषय समेटिएको थियो ।
त्यसैगरी, सम्झौतामा उल्लेख गरिएका अन्य मागका बुँदा नम्बर २, ३, ४ र ५ का सम्बन्धमा आयोगबाट सम्बोधन भइरहेको र आगामी दिनमा पनि सम्बोधन गरिने उल्लेख छ ।
इन्टर्न चिकित्सकको निर्वाह भत्तालगायतका माग सम्बोधन गर्न दबाब दिँदै हरिजनले यसअघि पनि अनशन बसेका थिए । यसअघि भएको सम्झौता कार्यान्वयनको माग गर्दै उनी पुनः अनशनमा बसेका हुन् ।
शुक्रबार भएको सम्झौतामा हरिजन, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारी र चिकित्सा शिक्षा आयोगका सदस्यसचिव हरिप्रसाद निरौलाले हस्ताक्षर गरेका छन् । सम्झौताका क्रममा चिकित्सा शिक्षाका विद्यार्थीहरू रेशम विष्ट, सन्तोष चौधरी र महेश्वर अधिकारी रोहबरमा बसेका थिए ।
भर्खरै
सम्झौतापछि डिल्ली हरिजनले तोडे आमरण अनशन
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
जडीबुटी खोज्न गएका मुगुका तीन जनाको मृत्यु, दुईको शव हिउँमुनि भेटियो
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
बालबालिकाको दृष्टि जोगाउन समयमै आँखा परीक्षण गर्न तिलगंगाको आग्रह
नेशनल मेडिकल कलेजका डाक्टरले सुनाए शिक्षा मन्त्रालयमा समस्या
चर्चित अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन
धेरै पढिएको
स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
मेडिकल व्यवसायी खुमा अर्यालले कांग्रेस गण्डकी प्रदेश खुला केन्द्रीय सदस्यमा उम्मेदवारी
कफीले मानिसपिच्छे फरक असर किन गर्छ? यस्तो छ वैज्ञानिक कारण
नेपाल कोर एफएचआईआर कार्यान्वयन निर्देशिका स्वीकृत
डा. प्रदीप मिश्र गरे पेसागत विषय विज्ञ समूहबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता
न्युयोर्कमा दादुरा संक्रमण तीव्र, आपत्काल घोषणा
नेपाल नर्सिङ परिषद्को सदस्यमा चार जना नियुक्त




प्रतिकृया दिनुहोस