मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
दाङ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमही निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गरेकी छन्।बिहीबार मन्त्री मेहतासहितको टोलीले निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गरेकी हुन्।
त्यस अवसरमा मन्त्री मेहताले ट्रमा सेन्टर सञ्चालनका सम्बन्धमा छिट्टै निर्णय गरिने बताए। प्रादेशिकस्तरको उक्त ट्रमा सेन्टरको भौतिक संरचना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने तयारी छ। करिब रु २२ करोड लागतमा उक्त ट्रमा सेन्टर निर्माण हुँदैछ। हाल भौतिक प्रगति ७४ प्रतिशत बराबर पुगेको छ।
निर्माण सम्पन्न भएपछि ट्रमा सेन्टरबाट उपचार सेवा सञ्चालन गर्ने विषयमा सङ्घीय सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने भन्दै प्रदेश सरकारले ध्यानाकर्षण गराएको थियो। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र पुनसहित मन्त्रालयका सम्बद्ध अधिकारीको टोलीले ध्यानाकर्षण गराएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा विकास देवकोटाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रका अस्पताललाई विशिष्टीकृत सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गर्ने गरी पहल भइरहेको बताए। यसैबिच मन्त्री मेहताले बिहीबार नै लमही अस्पतालको समेत निरीक्षण गरेकी थिइन्।
भर्खरै
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो : तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड
स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता
भोटेकोशी बाढी अपडेट १ हजार ४५७ जनाको शव फेला
भरतपुरका २०० भन्दा बढी स्वास्थ्य स्वयंसेविकालाई स्तन क्यान्सर सचेतना
बाँकेमा ९० जनामा डेङ्गी सङ्क्रमण, जोखिम न्यूनीकरण गर्न लार्भा नष्ट गरिने
आजको मौसम : केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
धेरै पढिएको
स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
स्क्रब टाइफस नियन्त्रणका लागि मन्त्रालयको समन्वय र निगरानी तीव्र
मेडिकल व्यवसायी खुमा अर्यालले कांग्रेस गण्डकी प्रदेश खुला केन्द्रीय सदस्यमा उम्मेदवारी
डा. प्रदीप मिश्र गरे पेसागत विषय विज्ञ समूहबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता
देशभर मौसम बदली, पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना
कफीले मानिसपिच्छे फरक असर किन गर्छ? यस्तो छ वैज्ञानिक कारण
कांग्रेस केन्द्रीय सदस्यमा तीन चिकित्सक प्रतिस्पर्धामा, खुलातर्फ केसी र श्रेष्ठ; मधेशबाट झा




प्रतिकृया दिनुहोस