स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता
कालीकोट । स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र कालीकोट जिल्ला अस्पतालबीच द्विपक्षीय समझदारी भएको छ । प्रतिष्ठान र अस्पतालबीच स्वास्थ्य सेवा प्रवाह, जनशक्ति परिचालन र संस्थागत सुदृढीकरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
जिल्लाको समग्र स्वास्थ्य प्रणालीलाई जनमुखी र भरपर्दो बनाउन प्रतिष्ठान र अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. रत्नवीर सुनारले जानकारी दिए ।
‘दुई पक्षबीच भएको समझदारीअनुसार प्रतिष्ठानले कालीकोट अस्पतालको आवश्यकताका आधारमा विशेषज्ञ चिकित्सक, इन्टर्न डाक्टर तथा नर्सिङ जनशक्ति परिचालन गर्नेछ,’ उनले भने भने, ‘जिल्लामा खटिने स्वास्थ्यकर्मीहरूको आवश्यक स्थानीय व्यवस्थापन, समन्वय तथा कार्यसञ्चालनको सम्पूर्ण जिम्मेवारी स्वास्थ्य सेवा कार्यालय कालीकोटले लिनेछ ।’
दुवै संस्थाबीच स्वास्थ्य सेवा, शिक्षण–सिकाइ, जनशक्ति विकास, अनुसन्धान तथा विशेषज्ञ स्वास्थ्य सेवामा सहकार्य गर्ने सहमति भएको छ । साथै, प्रतिष्ठानका विद्यार्थीहरूको ग्रामीण पोस्टिङका लागि जिल्ला अस्पतालमा आवश्यकताअनुसार अभ्यास, अवलोकन तथा क्लिनिकल सिकाइको अवसर प्रदान गर्ने विषयमा पनि सम्झौता भएको प्रमुख डा. सुनारले बताए ।
त्यस्तै, प्रतिष्ठानले अस्पतालका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम, अभिमुखीकरण तथा सीप विकास कार्यक्रम सञ्चालन गर्न सहयोग गर्नेछ । दुवै संस्थाको समन्वयमा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि नियमित सिएमई, कार्यशाला तथा गोष्ठीहरू आयोजना गरिनेछ ।
सम्झौताअनुसार प्रतिष्ठानले उपलब्ध स्रोतसाधन र जनशक्तिका आधारमा कालीकोटका दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग पुर्याउनेछ । आवश्यकता र आपसी सहमतिमा विशेषज्ञ चिकित्सकसहितको शिविरमार्फत परामर्श, परीक्षण र उपचार सेवा दिइनेछ । जटिल प्रकृतिका बिरामीको उपचार, रेफरल, विशेषज्ञ परामर्श तथा आवश्यक फलोअपका लागि प्रतिष्ठानसँग प्रत्यक्ष समन्वय गरिने उल्लेख छ ।
यसैगरी, स्वास्थ्यसम्बन्धी तथ्याङ्कको गोपनीयता कायम राख्दै संयुक्त अध्ययन–अनुसन्धान, अनुभव आदानप्रदान तथा सेवाको गुणस्तर सुधारसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने भएको छ ।
दुवै संस्थाबीचको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सेवा प्रवाहलाई नियमित, प्रभावकारी र गुणस्तरीय बनाउन दुवै पक्ष प्रतिबद्ध रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले जानकारी दिए ।
‘दक्ष जनशक्ति र विशेषज्ञ डाक्टरको अभाव झेल्दै आएको कालीकोट जिल्ला अस्पताललाई यो सम्झौताले थप सुदृढ बनाउनेछ,’ उनले भने, ‘यो ऐतिहासिक सम्झौता भएकाले छिट्टै कार्यान्वयनमा आउनेछ ।’
प्रतिष्ठानबाट जनशक्ति आपूर्ति भएसँगै जटिल प्रकृतिका बिरामीहरू सामान्य उपचारका लागिसमेत जिल्लाबाहिर जानुपर्ने बाध्यता हट्ने र सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास डा. सुनारले व्यक्त गरे ।
सम्झौता कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य सेवा कार्यालय कालीकोटकातर्फबाट स्वास्थ्य सेवा व्यवस्थापक डा. सुनारसहितको प्राविधिक टोलीको उपस्थिति रहेको थियो।
भर्खरै
बुढीगण्डकी बाढी : ८२ जनाको उद्धार, पाँच जना अझै सम्पर्कविहीन
बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन
‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’
बूढीगण्डकीमा बाढीको जोखिम बढेपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय
मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
बूढीगण्डकी नदीमा ठूलो बाढीको जोखिम, गोरखादेखि नवलपरासीसम्म सतर्क रहन आग्रह
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित
धेरै पढिएको
स्क्रब टाइफस नियन्त्रणका लागि मन्त्रालयको समन्वय र निगरानी तीव्र
स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
मेडिकल व्यवसायी खुमा अर्यालले कांग्रेस गण्डकी प्रदेश खुला केन्द्रीय सदस्यमा उम्मेदवारी
नेशनल मेडिकल कलेजका डाक्टरले सुनाए शिक्षा मन्त्रालयमा समस्या
मन्त्री मेहताद्वारा टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल
डा. प्रदीप मिश्र गरे पेसागत विषय विज्ञ समूहबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता
चर्चित अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन


.jpeg)
प्रतिकृया दिनुहोस