विश्व दृष्टि दिवस : अन्धोपन घटे पनि आँखासम्बन्धी समस्या बढ्दो
काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ।हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइने विश्व दृष्टि दिवसले आँखाको नियमित हेरचाह गर्न प्रेरित गर्नुका साथै सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको छ।
नेपालमा सन् १९८१ मा अन्धोपनको प्रचलन ०.८४ प्रतिशत रहेकोमा सन् २०२२ को र्यापिड एसेसमेन्ट अफ एभरेज अफ ब्लाइन्डनेस (RAAB) सर्वेक्षणअनुसार यो घटेर ०.२८ प्रतिशतमा पुगेको छ।
तर अन्धोपनको दर घट्दै गए पनि आँखासम्बन्धी अन्य समस्या भने चुनौतीका रूपमा बढिरहेका छन्।
नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रका अनुसार ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग तथा दृष्टिदोष पछिल्लो समय बढ्दो चुनौती बनेका छन्।
बढ्दो औसत आयु, नसर्ने रोगको बढ्दो भार, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ जोखिम थपिरहेको उनले बताए।सङ्घका अनुसार हालसम्म ५ करोड २ लाख ४८९ जनाले उपचार सेवा पाएका छन् भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ।
सङ्घले २८ वटा आँखा अस्पताल र ४४ जिल्ला शाखाअन्तर्गतका २२६ उपचार केन्द्रमार्फत नेपालीसहित विदेशी नागरिकलाई आँखा स्वास्थ्य सेवा दिँदै आएको छ।विश्व दृष्टि दिवसले आँखाको समस्या देखिएपछि मात्र उपचार गर्नेभन्दा पनि नियमित आँखा परीक्षण, समयमै रोग पहिचान र उपचारमा ध्यान दिनुपर्ने सन्देश दिने गरेको छ।
भर्खरै
चर्चित अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन
थोरै समयको व्यायामले पनि बढाउँछ स्मरण शक्ति
विश्व दृष्टि दिवस : अन्धोपन घटे पनि आँखासम्बन्धी समस्या बढ्दो
देशभर बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
मन्त्री मेहताद्वारा टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल
स्क्रब टाइफस नियन्त्रणका लागि मन्त्रालयको समन्वय र निगरानी तीव्र
कांग्रेस केन्द्रीय सदस्यमा तीन चिकित्सक प्रतिस्पर्धामा, खुलातर्फ केसी र श्रेष्ठ; मधेशबाट झा
धेरै पढिएको
स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
नेपाल फार्मेसी परिषद्को सदस्यमा चार जना नियुक्त
नेपाल नर्सिङ परिषद्को सदस्यमा चार जना नियुक्त
बर्दिया अस्पतालमा चिकित्सक र आईसीयू अभाव, जटिल बिरामीलाई नेपालगन्ज रेफर गर्नुपर्ने बाध्यता
कांग्रेस महाधिवेशन प्रतिनिधिमा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र मैदानमा
सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त
भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त




प्रतिकृया दिनुहोस