यूएईमा जुलाई ५ मा विशाल रक्तदान कार्यक्रम, नेपाली समुदायलाई सहभागिताको आह्वान
नेपाली रक्तदाता संघ यूएई र नेपाली समाज यूएईको संयुक्त आयोजनामा आगामी जुलाई ५ मा दुबईमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। नेपाली समाज यूएईमा आबद्ध ६६ वटा संघ–संस्थाको सहकार्यमा हुने कार्यक्रम दुबईस्थित दुबई ब्लड डोनेसन सेन्टरमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
“हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रमले यूएईमा रहेका नेपाली समुदायमा रक्तदानप्रति जनचेतना बढाउनुका साथै आवश्यक रगतको आपूर्तिमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।
आयोजकका अनुसार कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ। रक्तदाताको सुविधाका लागि बुर दुबई क्षेत्रबाट निःशुल्क यातायात सेवा पनि उपलब्ध गराइनेछ।
नेपाली रक्तदाता संघ यूएईले रक्तदानलाई मानव जीवन बचाउने महत्वपूर्ण सामाजिक अभियानका रूपमा व्याख्या गर्दै अधिकभन्दा अधिक नेपालीलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरेको छ। संघका अनुसार यूएईमा रहेका नेपाली समुदायबीच सहकार्य, एकता र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न पनि यस्ता कार्यक्रम प्रभावकारी बनेका छन्।
संघले सन् २०२४ देखि दुबई हेल्थ अथोरिटीअन्तर्गतको दुबई ब्लड डोनेसन सेन्टरसँग सहकार्य गर्दै नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालसम्म पाँचवटा रक्तदान कार्यक्रम सम्पन्न भइसकेका छन्, जसमा करिब ५५० नेपालीले रक्तदान गरी मानव सेवामा योगदान पुर्याएका छन्।
संघका अनुसार दुर्घटना, शल्यक्रिया, प्रसूति, क्यान्सर, रक्तअल्पता तथा विभिन्न स्वास्थ्य समस्याका कारण दैनिक रूपमा रगतको आवश्यकता पर्ने भएकाले स्वस्थ व्यक्तिहरूले नियमित रक्तदान गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ। एक युनिट रगतबाट प्लाज्मा, प्लेटलेट्स र रातो रक्तकोष छुट्याउन सकिने भएकाले एउटै रक्तदानबाट धेरै बिरामीको जीवन बचाउन सकिने जनाइएको छ।
आयोजकले रक्तदानलाई मानवता, करुणा र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भन्दै यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्।
भर्खरै
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
चिकित्सक संघका पूर्वअध्यक्ष डा. केसी कांग्रेस केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
वीर अस्पतालका अस्थायी कर्मचारीको भत्ता विवाद: समान सुविधाको माग गर्दै मुख्यसचिवसमक्ष निवेदन
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री-वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग
'कफी केवल ताजगीका लागि मात्र होइन, कलेजोको स्वास्थ्यसँग पनि जोडिएको हुन सक्छ!'
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
दसैँ बिदामा पनि भीम अस्पतालको आकस्मिक सेवा नियमित सञ्चालन हुने
धेरै पढिएको
औषधिमा व्यवस्था विभागको निर्णय : ४७ प्रकारका इम्युनोसप्रेसन्ट उत्पादन तथा पैठारीसँग सम्बन्धित दर्ता र अनुमति खारेज
कलेजो, मिर्गौला प्रत्यारोपण र बाथरोगका बिरामीले प्रयोग गर्ने ४७ प्रकारका औषधिमा प्रतिबन्ध
गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा
मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माण अघि बढाइने : मन्त्री मेहता
संस्थागत सुत्केरी बढाउन हरिनास गाउँपालिकाले दियो निःशुल्क एम्बुलेन्स सेवा
आजको मौसम : कर्णाली र सूदुरपश्चिमका केही स्थानमा वर्षा हुने
भोटेकोशी बाढी अपडेट १ हजार ४५७ जनाको शव फेला

.jpeg)


प्रतिकृया दिनुहोस