स्तन क्यान्सर समयमै पहिचान भए निको हुने सम्भावना बढी
काठमाडौँ। स्तन क्यान्सरको समयमै पहिचान र उपचार गर्न सके निको हुने सम्भावना बढ्ने भएकाले यसबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।
महिलामा देखिने प्रमुख क्यान्सरमध्ये स्तन क्यान्सर पनि एक हो । अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान संस्था (आईएआरसी) को ग्लोबोक्यान २०२४ प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर २४ लाख ३४ हजार ८७ जनामा नयाँ स्तन क्यान्सर देखिएको अनुमान छ । सोही वर्ष यसका कारण ६ लाख ९३ हजार ६६० जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा सन् २०२४ मा एक हजार ७४६ जनामा नयाँ स्तन क्यान्सर देखिएको र ७५० जनाको मृत्यु भएको अनुमान गरिएको छ ।
क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार स्तनमा गाँठो आउनु, घाउ देखिनु, मुन्टोबाट रगत वा अन्य तरल पदार्थ निस्कनु तथा स्तनको छाला सुन्तलाको बोक्राजस्तो देखिनु स्तन क्यान्सरका सम्भावित लक्षण हुन् । यस्ता लक्षण देखिएमा बेवास्ता नगरी स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनुपर्छ ।
महिलाले आफ्नो स्तनको सामान्य आकार र बनावटबारे जानकारी राख्नुपर्ने डा. शाहीको सुझाव छ । स्तनमा कुनै असामान्य परिवर्तन देखिएमा समयमै परीक्षण गराउनुपर्छ ।
उनका अनुसार स्वयं स्तन परीक्षण स्तनमा हुने असामान्य परिवर्तन पहिचान गर्ने सहज विधि हो । १९ वर्ष उमेर पुगेपछि महिलाले महिनावारी भएको सातदेखि १० दिनभित्र नियमित रूपमा स्तन परीक्षण गर्नुपर्छ । महिनावारी बन्द भएका तथा गर्भवती महिलाले पनि स्तनको आकार, स्वरूप र बनावटमा आएको परिवर्तनबारे नियमित रूपमा सचेत रहनुपर्छ ।
स्तन क्यान्सर पहिचानका लागि चिकित्सकीय स्तन परीक्षण, अल्ट्रासाउन्ड, म्यामोग्राफी तथा आवश्यकताअनुसार बायोप्सी गरिन्छ । स्तन क्यान्सर महिला र पुरुष दुवैलाई हुन सक्छ ।
जीवनशैलीमा आएको परिवर्तन, मोटोपना, मद्यपान तथा धूमपान, शारीरिक निष्क्रियता र अस्वस्थ खानपान स्तन क्यान्सरका सम्भावित जोखिम कारक हुन् । स्तनपान नगराउनुलाई पनि स्तन क्यान्सरको जोखिमसँग जोडिएको छ ।
स्तन वा काखीमुनि नदुख्ने गाँठो आउनु, स्तनको आकार परिवर्तन हुनु, मुन्टो भित्र धसिनु, मुन्टोबाट पीप, रगत वा पानीजस्तो तरल पदार्थ निस्कनु, स्तन दुख्नु वा सुन्निनु तथा छालामा निको नहुने घाउ देखिनु यसका अन्य सम्भावित लक्षण हुन् ।
स्तन क्यान्सरको जोखिम घटाउन धूमपान तथा मद्यपानबाट टाढा रहने, नियमित व्यायाम गर्ने, तौल सन्तुलित राख्ने, पोषणयुक्त खाना खाने र स्तनको नियमित परीक्षण गर्ने बानी बसाल्नुपर्छ ।
प्रारम्भिक अवस्थामा स्तन क्यान्सर पहिचान भए उपचार प्रभावकारी हुने भएकाले कुनै असामान्य लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य परीक्षण गराउन विज्ञहरूको सुझाव छ ।
भर्खरै
पाँचथरमा निःशुल्क आँखा शिविरबाट १ हजार ४२२ जना लाभान्वित
जर्मन सहयोगमा बनेको स्वास्थ्यचौकी भवन हस्तान्तरण
अस्पतालका शौचालय र नुहाउने ठाउँमा ८७१ महिलाको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ
आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
वीर अस्पतालका नयाँ र पुरानो भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै
धुलिखेल अस्पतालमा नबिल बैंकको ‘नबिल बर्न केयर वार्ड’ स्थापना, बिरामीको पहुँच सहज बनाउने अपेक्षा
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला
धेरै पढिएको
आधारभूत स्वास्थ्य सेवा प्याकेज पुनरावलोकन गरिने, प्रमाणमा आधारित निर्णयमा मन्त्री मेहताको जोड
मधुमेह भएका व्यक्तिले नियमित आँखा परीक्षण गराए दृष्टि गुम्ने जोखिम घटाउन सकिने
जथाभावी एन्टिबायोटिक प्रयोगले बढाउँदैछ जनस्वास्थ्य जोखिम, चिकित्सकको सल्लाहबिना औषधि नखान आग्रह
पनौती नगर अस्पतालको सेवा विस्तार र व्यवस्थापन सुधारमा मुख्यमन्त्रीको जोड
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी
सगरमाथा क्षेत्रमा चिसो बढेसँगै पर्यटक फर्किने क्रम तीव्र, एक सातामा १ हजार १८० बाहिरिए
आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने




प्रतिकृया दिनुहोस