२३ देशका १५० विज्ञ सहभागी हुने औषधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं  ।  इन्टरनेशनल सोसाइटी टु इम्प्रुभ द युज अफ मेडिसिन (आईएसआईयुएम) को आयोजनामा  आज देखि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुँदैछ।

‘मेडिसिन इन डिजिटल वर्ल्ड’ नाराका साथ काठमाडौंको होटल र्‍याडिसनमा आयोजना हुने  हुदैछ । उक्त सम्मेलन तीनदिन चल्ने छ भने ।  सम्मेलनमा नेपालसहित २३ देशका करिब १५० जना स्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, चिकित्सक, फार्मासिस्ट, नर्स तथा विद्यार्थी सहभागी हुनेछन्। औषधिको प्रयोगमा देखिएका समस्या न्यूनीकरण र यसको समुचित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्नु सम्मेलनको मुख्य उद्देश्य नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष तथा सम्मेलनको स्थानीय आयोजक समितिका अध्यक्ष डा. कादिर आलमले रहेको जानकारी दिए।  उनका अनुसार औषधिको तर्कसंगत प्रयोगका लागि बिरामी, चिकित्सक र औषधि व्यवसायीका साथै सरकारले पनि प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

प्रतिकृया दिनुहोस
↑