पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते
कास्की । पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गएराति सडकबाट अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पु¥याइएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङको मृत्यु उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए। दुर्घटनामा घाँटीछिनाका १५ वर्षीय विवेक विक, चैनपुरका १६ वर्षीय विवस पराजुली र पोखरा–२३ का १४ वर्षीय अमित सुनार घाइते भएका छन् ।
त्यस्तै, घाँटीछिनाकै १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीय मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार र १३ वर्षीय सन्जल सुनार घाइते भएका छन् ।
यसैगरी, सोही ठाउँका १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री घाइते भएको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिए । घाइतेहरुको अवस्था मध्यम रहेको र टाउको, हात, खुट्टालगायत शरीरका भागमा चोट रहेको बताइन्छ ।
प्रहरीले जिपका चालक पोखरा–२४ लौरुक बस्ने २३ वर्षीय टोकबहादुुर गुरुङलाई नियन्त्रणमा लिएको र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
भर्खरै
सुनसरीमा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते
मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
कोप–३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड, स्वच्छ ऊर्जा र जलवायु वित्तलाई प्राथमिकता
पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते
भोजपुरको पौवादुङमामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन, गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा
कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
कङ्गोमा इबोला सङ्क्रमित ११ हजार नाघे, पाँच हजारभन्दा बढीको मृत्यु
धेरै पढिएको
दाङमा १८० चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
ओभरथिंकिङदेखि ब्रेन ट्युमरसम्म : मस्तिष्क र मेरुदण्ड स्वस्थ राख्ने डा. भट्टराईका सुझाव (भिडियोसहित)
उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
हुम्लामा सुत्केरीको हेलिकप्टरबाट उद्धार
कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता
मापदण्डविपरीत रङ तथा रसायन प्रयोग भएका तीन खाद्यवस्तु बजारबाट फिर्ता गर्न आदेश
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन



.png)
प्रतिकृया दिनुहोस