मापदण्डविपरीत रङ तथा रसायन प्रयोग भएका तीन खाद्यवस्तु बजारबाट फिर्ता गर्न आदेश
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डविपरीत रङ तथा रासायनिक पदार्थ प्रयोग गरिएको भन्दै तीन प्रकारका खाद्यवस्तु बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ । विभागले २०८३ कार्तिक २० गते जारी गरेको सूचनाअनुसार चाउमिन कलर, सोया सस र मिक्स भेजिटेबल रेड सस बजारबाट फिर्ता गर्न सम्बन्धित उत्पादक तथा वितरकलाई निर्देशन दिएको हो ।
विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएका खाद्यवस्तुको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य नियमावली, २०२७ ले तोकेको मापदण्डविपरीत सिन्थेटिक रङ तथा बेन्जोइक एसिड प्रयोग गरिएको पाइएको छ । बजारबाट फिर्ता गर्न आदेश दिइएका खाद्यवस्तुमा राधाकृष्ण नुडल्स, बर्दिबास–११ महोत्तरीबाट उत्पादित ६०० ग्रामको चाउमिन कलर र ६०० ग्रामकै मिक्स भेजिटेबल रेड सस रहेका छन् । त्यस्तै, ग्रिन नेपाल एग्रो प्रा.लि. ललितपुर–२२ बाट उत्पादित ७५० मिलिलिटरको ड्रागन ब्रान्डको सोया सस पनि फिर्ता गर्न निर्देशन दिइएको छ ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम सम्बन्धित उत्पादकलाई बजारमा बिक्री वितरण भइरहेका ती खाद्यवस्तु तत्काल फिर्ता गर्न आदेश दिएको हो । साथै, उपभोक्तालाई समेत उक्त उत्पादन खरिद तथा उपभोग गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ ।

भर्खरै
मापदण्डविपरीत रङ तथा रसायन प्रयोग भएका तीन खाद्यवस्तु बजारबाट फिर्ता गर्न आदेश
कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता
आयुर्वेद चिकित्सा प्रणालीमा आकर्षण बढ्दो, जनशक्ति न्यून
बुढानीलकण्ठवासीलाई हेल्पिङ ह्याण्ड्स अस्पतालमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन
नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
धेरै पढिएको
आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम
स्वास्थ्य सेवामा मटिहानी नगरपालिका जिल्लामै दोस्रो स्थानमा
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले गठन गर्यो समिति
माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना घाइते
प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम
रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म, थप उपचारका लागि वीरगन्ज लैजान सुझाव
स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे नेपाल–जापान छलफल




प्रतिकृया दिनुहोस