ओभरथिंकिङदेखि ब्रेन ट्युमरसम्म : मस्तिष्क र मेरुदण्ड स्वस्थ राख्ने डा. भट्टराईका सुझाव (भिडियोसहित)
काठमाडौं । अत्यधिक सोचाइ (ओभरथिंकिङ), तनाव र अव्यवस्थित जीवनशैलीले मस्तिष्कको स्वास्थ्यमा असर पार्न सक्ने न्युरोसर्जन डा. सुशिल मोहन भट्टराईले बताए।
द हेल्थ शो पोडकास्टमा ब्रेन एन्ड स्पाइन हेल्थबारे कुराकानी गर्दै निजामती कर्मचारी अस्पतालका ब्रेन एन्ड स्पाइन सर्जन डा. भट्टराईले तनावका कारण टेन्सन टाइप हेडेक, चिन्ता तथा निद्रासम्बन्धी समस्या देखिन सक्ने बताए।
उनले टाउको दुख्दैमा ब्रेन ट्युमर हुन्छ र ट्युमर भएपछि अनिवार्य शल्यक्रिया गर्नुपर्छ भन्ने धारणा गलत रहेको बताए। उनका अनुसार सबै ब्रेन ट्युमरमा तत्काल शल्यक्रिया आवश्यक पर्दैन। कतिपय अवस्थामा नियमित निगरानी र औषधिबाट पनि उपचार सम्भव हुन्छ।
डा. भट्टराईले मस्तिष्क स्वस्थ राख्न नियमित समयमा सुत्ने, पर्याप्त पानी पिउने, पौष्टिक खाना खाने, नियमित व्यायाम गर्ने र मोबाइलको अनावश्यक प्रयोग घटाउने सुझाव दिए। विशेषगरी सुत्नुअघि मोबाइल तथा सामाजिक सञ्जाल प्रयोग नगर्न र बिहान उठेपछि केही समय प्राकृतिक वातावरणमा बिताउन उनले आग्रह गरे।
त्यस्तै, लामो समय मोबाइल तथा ल्यापटप प्रयोग गर्दा गलत आसनका कारण ढाड र गर्दन दुख्ने समस्या बढिरहेको उनले बताए। सही आसनमा बस्ने, नियमित हिँड्ने र शारीरिक गतिविधि बढाउने हो भने धेरैजसो ढाड दुखाइ नियन्त्रण गर्न सकिने उनको भनाइ छ।
उनले टाउको दुखाइसँगै बान्ता हुने, हातखुट्टा कमजोर हुने, अनुहार बाङ्गिने वा दृष्टिमा समस्या देखिने अवस्थामा तत्काल विशेषज्ञ चिकित्सकको परामर्श लिन सुझाव दिए।
यी महत्त्वपूर्ण जानकारीका लागि हेर्नुहोस् यो विशेष भिडियो
भर्खरै
आईओएमले एमबीबीएस, बीडीएससहित सबै १५ डीएम/एमसीएच कार्यक्रमका पाठ्यक्रम परिमार्जन गर्यो
ओभरथिंकिङदेखि ब्रेन ट्युमरसम्म : मस्तिष्क र मेरुदण्ड स्वस्थ राख्ने डा. भट्टराईका सुझाव (भिडियोसहित)
रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन
दाङमा १८० चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक बिक्री गर्ने १३ फार्मेसी फेला
आजको मौसम : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
मापदण्डविपरीत रङ तथा रसायन प्रयोग भएका तीन खाद्यवस्तु बजारबाट फिर्ता गर्न आदेश
धेरै पढिएको
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष
जिल्ला अस्पताल हुम्लामा विशेषज्ञ सेवा नहुँदा बिरामी मर्कामा
बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते
एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्न तथ्याङ्कमा आधारित नियमनमा जोड
आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले गठन गर्यो समिति
गोरखा प्रदेश अस्पतालमा डिजिटल भुक्तानी सेवा सुरु, लाइन बस्नुपर्ने बाध्यता हट्ने




प्रतिकृया दिनुहोस