जापानी इन्सेफलाइटिसबाट २१ जनाको मृत्यु, झापामा ३० वर्षमाथिकालाई खोप लगाइने
काठमाडौं । जापानी इन्सेफलाइटिस (जेई) संक्रमणबाट पछिल्लो डेढ महिनामा २१ जनाको मृत्यु भएपछि सरकारले उच्च जोखिममा रहेका क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार पहिलो चरणमा जेई संक्रमणबाट मृत्युदर सबैभन्दा बढी देखिएको झापामा ३० वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाइने भएको छ । झापामा १० जनामा संक्रमण पुष्टि भएकामा ६ जनाको मृत्यु भएको छ । यो ६० प्रतिशत मृत्युदर हो ।
स्वास्थ्य सेवा विभागका अनुसार पछिल्लो छ सातामा देशभर ५९ जनामा जेई संक्रमण पुष्टि भएको छ । संक्रमण सातवटै प्रदेशमा फैलिएको छ । कोशी प्रदेशमा सबैभन्दा बढी २४ संक्रमितमध्ये १० जनाको मृत्यु भएको छ भने मधेशमा १९ संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ ।
जेई मस्तिष्कमा हुने भाइरल संक्रमण हो । संक्रमितमध्ये करिब एक तिहाइको मृत्यु हुनसक्ने र बाँचेकामध्ये आधासम्ममा गम्भीर तथा दीर्घकालीन अपांगता हुनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
स्वास्थ्य अधिकारीहरूले जेई संक्रमण र मृत्युदर उच्च रहेका ९ जिल्लाका लागि ३५ लाख मात्रा खोप खरिद गर्ने योजना बनाएका छन् । आगामी तीन साताभित्र खोप अभियान सुरु गर्ने तयारी भए पनि मिति भने तय भइसकेको छैन ।
हाल नेपालमा जेई खोप नियमित खोप कार्यक्रममार्फत बालबालिकालाई निःशुल्क दिइँदै आएको छ । तर वयस्कका लागि नियमित खोप कार्यक्रम नभएकाले पछिल्लो समय वयस्कमा समेत संक्रमण र मृत्यु बढेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।
तथ्यांकअनुसार पछिल्लो संक्रमणमा मृत्यु हुनेमध्ये ८१ प्रतिशत ५० वर्षभन्दा माथिका छन् भने संक्रमितमध्ये ८९ प्रतिशतले जेई खोप लगाएका थिएनन् । स्वास्थ्य विज्ञहरूले जोखिममा रहेका समूहलाई सकेसम्म छिटो खोप उपलब्ध गराउनुका साथै लामखुट्टे नियन्त्रण, सरसफाइ र जनचेतना अभियानलाई समेत तीव्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
गत वर्ष नेपालमा जेई संक्रमणबाट १४१ जना संक्रमित हुँदा ४१ जनाको मृत्यु भएको थियो । स्वास्थ्य विज्ञहरूका अनुसार समयमै खोप र प्रभावकारी रोकथामका उपाय अपनाउन सके जेईबाट हुने गम्भीर स्वास्थ्य समस्या र मृत्यु घटाउन सकिन्छ ।
भर्खरै
मेची अस्पतालमा स्वास्थ्य सेवा सुधारको चुनौती, जनस्वास्थ्य ऐन कार्यान्वयनको परीक्षण
पुस १ देखि स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य
आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
स्ट्रोकको जोखिममा रहेकी हेमकुमारीको केएमसीमा सफल उपचार
भिटामिनदेखि आइरनसम्मको अवस्था परीक्षण गर्न देशव्यापी सर्वेक्षण हुँदै
आत्महत्यासम्बन्धी समाचार सम्प्रेषणमा संवेदनशीलता अपनाउन सञ्चारकर्मीलाई अभिमुखीकरण
भारतमा १३७ प्रकारका क्यान्सर औषधीको मूल्य ७० प्रतिशतसम्म घट्ने
धेरै पढिएको
रक्सी र चुरोटजस्तै इनर्जी ड्रिङ्क्सको पनि लत लाग्न सक्छ, के भन्छन् चिकित्सक ?
पर्यटक भिसामा आएर स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० विदेशीको कागजात जफत
मधेशमा मृगौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
एलडीसी स्तरोन्नतिको अवधि थपियो, स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बन्ने अवसर
कङ्गोमा इबोला सङ्क्रमित १० हजार नाघे, ४ हजार ८८७ जनाको मृत्यु
नेपाल मेडिकल कलेजमा जागिरको अवसर, डाक्टरदेखि नर्स र प्राविधिकसम्म कर्मचारी माग
सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह



.jpeg)
प्रतिकृया दिनुहोस