एलडीसी स्तरोन्नतिको अवधि थपियो, स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बन्ने अवसर
काठमाडौं । नेपालले अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने तयारीका लागि थप समय पाएकोमा नेपाल औषधि उत्पादक संघ (एपोन) ले स्वागत गरेको छ। संघले यसलाई स्वदेशी औषधि उद्योगको विकास, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र अत्यावश्यक औषधिमा आत्मनिर्भर बन्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
संयुक्त राष्ट्रसंघको महासभाले सर्वसम्मत रूपमा प्रस्ताव ८१/ एल.८ पारित गर्दै नेपालको स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म विस्तार गरेको हो।
एपोनका अध्यक्ष बिप्लव अधिकारीले नेपालको सहज र दिगो स्तरोन्नतिका लागि थप समय उपलब्ध गराउन कूटनीतिक पहल तथा रचनात्मक भूमिका निर्वाह गर्ने नेपाल सरकारप्रति आभार व्यक्त गरेका छन्।
उनले विशेषगरी अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। त्यस्तै, औषधि व्यवस्था विभाग (डीडीए) ले औषधि क्षेत्रको नियामक तथा संस्थागत क्षमता अभिवृद्धिमा खेलेको भूमिका र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले स्वदेशी उद्योगको विकास तथा प्रतिस्पर्धात्मक क्षमता बढाउन गरेको प्रयासको प्रशंसा गरेका छन्।
थपिएको तयारी अवधिलाई नेपालले आफ्ना संरचनात्मक चुनौती समाधान गर्न, घरेलु उद्योगलाई बलियो बनाउन, उत्पादन क्षमता विस्तार गर्न र निर्यात प्रवर्द्धन गर्न उपयोग गर्नुपर्छ। विशेषगरी औषधि उत्पादन क्षेत्रमा स्वदेशी उद्योगको क्षमता अभिवृद्धि गर्दै अत्यावश्यक औषधिमा परनिर्भरता घटाउने अवसरका रूपमा यस अवधिलाई लिनुपर्ने संघको धारणा छ।
संघले औषधि उद्योगको विकास केवल औद्योगिक उन्नतिसँग मात्र नभई राष्ट्रिय स्वास्थ्य सुरक्षासँग समेत जोडिएको जनाएको छ। स्वदेशमै गुणस्तरीय औषधि उत्पादन बढाउन सके औषधिको उपलब्धता सुनिश्चित गर्न र आयातमा निर्भरता घटाउन सहयोग पुग्ने एप्पोनको विश्वास छ।
थपिएको तयारी अवधिलाई औद्योगिक विकास, आर्थिक रूपान्तरण र राष्ट्रिय स्वास्थ्य सुरक्षाको उपलब्धिमा बदल्न सरकार, सम्बन्धित मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्य सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता पनि संघले व्यक्त गरेको छ।
भर्खरै
एलडीसी स्तरोन्नतिको अवधि थपियो, स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बन्ने अवसर
मधेशमा मृगौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
नेपाल मेडिकल कलेजमा जागिरको अवसर, डाक्टरदेखि नर्स र प्राविधिकसम्म कर्मचारी माग
जाडो सुरु भएसँगै घट्न थाल्यो डेङ्गी सङ्क्रमण
चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना
इलाममा मेडिकल कलेज सञ्चालनको माग गर्दै डा. गोविन्द केसीद्वारा सत्याग्रह सुरु
मन्त्री मेहताद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
धेरै पढिएको
रक्सी र चुरोटजस्तै इनर्जी ड्रिङ्क्सको पनि लत लाग्न सक्छ, के भन्छन् चिकित्सक ?
युरोपमा यस वर्ष गर्मीका कारण ५० हजारभन्दा बढीको मृत्यु, दुई तिहाइमा जलवायु परिवर्तन जिम्मेवार
वीर अस्पतालमा पार्किन्सन, छारे रोग र मेरुदण्डका बिरामीका लागि विशेष क्लिनिक तथा शल्यक्रिया कार्यक्रम
आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना
विश्व पोलियो दिवसमा भैरहवामा ‘इन्ड पोलियो नाउ’ जनचेतना र्याली
गुल्मीमा ५५ प्रतिशतभन्दा बढी नागरिक स्वास्थ्य बिमाको दायरामा
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७ र १८ गते खुवाइने
.jpeg)



प्रतिकृया दिनुहोस