स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय
काठमाडौँ। सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न आन्दोलनरत विभिन्न पक्षसँग विगतमा भएका सहमतिको समीक्षा गरी कार्यान्वयनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई सम्बन्धित निकायबीच समन्वय गरी समयमै टुङ्ग्याउने निर्णय गरेको हो।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री, शिक्षा तथा खेलकुदमन्त्री तथा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार सहभागी थिए। बैठकमा विगतमा भएका सहमतिमध्ये हालसम्म कार्यान्वयनमा आएका विषयको समीक्षा पनि गरिएको थियो।
वर्तमान सरकारले विभिन्न पक्षसँग भएका सहमतिको नियमित समीक्षा गरी कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्ने योजनाअनुसार बैठक आयोजना गरिएको जनाइएको छ।
भर्खरै
स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय
पर्यटक भिसामा आएर स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० विदेशीको कागजात जफत
बालबालिका,गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिंक्स सेवन नगर्न मन्त्रालयको आग्रह
सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह
रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा एनडीए यूकेद्वारा चार स्वास्थ्य संस्थालाई शल्यक्रिया तालिम उपकरण सहयोग
कङ्गोमा इबोला सङ्क्रमित १० हजार नाघे, ४ हजार ८८७ जनाको मृत्यु
जनकपुरमा करेन्ट लागेर एकजनाको मृत्यु
धेरै पढिएको
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु
बिहान तातो पानी पिउँदा शरीरमा के हुन्छ? जान्नुहोस् वैज्ञानिक तथ्य
मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
युरोपमा यस वर्ष गर्मीका कारण ५० हजारभन्दा बढीको मृत्यु, दुई तिहाइमा जलवायु परिवर्तन जिम्मेवार
वीर अस्पतालमा पार्किन्सन, छारे रोग र मेरुदण्डका बिरामीका लागि विशेष क्लिनिक तथा शल्यक्रिया कार्यक्रम
आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना




प्रतिकृया दिनुहोस