जनकपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

धनुषा । जनकपुरधाम उपमहानगरपालिका-१ वकिलटोल बस्ने ४५ वर्षीया रन्जना देवी शर्माको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरको कलमा जडित विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, कपिलवस्तुको कृष्णनगर नगरपालिका-५ तिलकपुरस्थित सुरई नाला छेउमा सोही ठाउँ बस्ने ४५ वर्षीय बाबुराम पासवान मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस
↑