नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४, ‘यस मोड’ नजिक सोमबार बिहान बस अनियन्त्रित भई पल्टिँदा सातजना घाइते भएका छन् ।
काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस बिहान करिब ७ः३० बजे दुर्घटनामा परेको हो ।
करिब ४० देखि ४५ जना यात्रु सवार रहेको उक्त बस सडकमा पल्टिँदा सोही दिशाबाट आउँदै गरेको एचआर ३९ जी २८७६ नम्बरको भारतीय ट्रकसँग समेत सामान्य ठोक्किन पुगेको थियो । दुर्घटनाबाट ट्रकको पछाडिको भागमा क्षति पुगेको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा दार्चुला मालिकार्जुन–२ का ५२ वर्षीय पुष्कर सिंह धामी, अछाम साँफेबगर–५ की २६ वर्षीया मौसमी ओढ, दार्चुला मार्मा–३ का ३० वर्षीय भगवती अवस्थी तथा सोही ठाउँका ४८ वर्षीय धनञ्जय जोशी, कैलाली लम्कीचुहा–८ की २९ वर्षीया निर्मला खड्का, बस चालक कैलाली गौरीगंगा–१० का ३९ वर्षीय इन्द्र वि.क. र सहचालक कैलाली गोदावरी–१ का ४६ वर्षीय मोहन जोशी रहेका छन् । घाइतेमध्ये मौसमी ओढको अवस्था मध्यम र अन्य ६ जनाको अवस्था सामान्य रहेको छ ।
घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनापछि पनि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
भर्खरै
औषधिमा व्यवस्था विभागको निर्णय : ४७ प्रकारका इम्युनोसप्रेसन्ट उत्पादन तथा पैठारीसँग सम्बन्धित दर्ता र अनुमति खारेज
कलेजो, मिर्गौला प्रत्यारोपण र बाथरोगका बिरामीले प्रयोग गर्ने ४७ प्रकारका औषधिमा प्रतिबन्ध
खाद्य तथा औषधि प्राधिकरण स्थापना गर्ने विषयमा मन्त्रालयमा छलफल
चितवनमा स्क्रब टाइफसबाट संक्रमितको संख्या २३४ पुग्यो
गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा
संस्थागत सुत्केरी बढाउन हरिनास गाउँपालिकाले दियो निःशुल्क एम्बुलेन्स सेवा
आजको मौसम : कर्णाली र सूदुरपश्चिमका केही स्थानमा वर्षा हुने
धेरै पढिएको
स्क्रब टाइफस नियन्त्रणका लागि मन्त्रालयको समन्वय र निगरानी तीव्र
नेशनल मेडिकल कलेजका डाक्टरले सुनाए शिक्षा मन्त्रालयमा समस्या
मन्त्री मेहताद्वारा टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल
कांग्रेस केन्द्रीय सदस्यमा तीन चिकित्सक प्रतिस्पर्धामा, खुलातर्फ केसी र श्रेष्ठ; मधेशबाट झा
बालबालिकाको दृष्टि जोगाउन समयमै आँखा परीक्षण गर्न तिलगंगाको आग्रह
चर्चित अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन
थोरै समयको व्यायामले पनि बढाउँछ स्मरण शक्ति




प्रतिकृया दिनुहोस