काठमाडौं । सरकारले डेंगु संक्रमण भई सरकारी अस्पताल भर्ना भएका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ। नेपालका ७३ वटा जिल्लाहरुमा २३६५ डेंगु संक्रमितहरु पुष्टी भैसकेका छन। जस मध्ये तनहुँमा एक ५० वर्षीया पुरुषको मृत्यु भएको थियो । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालय तथा अन्तर्गतका विभाग संघीय अस्पताल, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखहरुसँग भएको छलफल गरी निर्णय गरिएको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
बैठकले आ-आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरु संचालन गर्ने, डेंगु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने र बिरामीको उपचार व्यवस्थापन गर्ने पनि निर्णय गरेको प्रवक्ता डा.बुढाथोकीले बताए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1