काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको नाइन एन-एजेडी हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकोप्टरमा ५ जना सवार भएको खुलेको छ। काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टरमा क्याप्टेन र ४ जना विदेशी पर्यटक सवार रहेको खुलेको हो।

एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार हेलिकप्टर सो हेलिकोप्टरले ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाड्ने र त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने तालिका थियो। हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। हेलिकोप्टरमा रहेका ४ जना चिनियाँ नागरिक रहेको बताइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो।

उडेको ३ मिनेटपछि उक्त हेलिकप्टर सम्पर्कविहीन भएको विमानस्थल स्रोतले जनाएको छ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0